फाती बार्सिलोनामा डेब्यु गर्ने कान्छा खेलाडी
एजेन्सी– कप्तान लियोनल मेस्सी, लुईस स्वारेज र ओस्मान डेम्बेले जस्ता स्टार खेलाडी घाइते भएपछि बार्सिलोनाको अग्रपंक्ति पातलिनु स्वभाविक हो । यही मौकामा आइतबार राति स्पेनिस ला लिगामा बार्सिलोनाका सबैभन्दा कान्छा खेलाडी बन्ने मौका पाएका छन् १६ बर्षीय स्ट्राईकर अन्सुमान फातीले ।
फातीले रियल बेटिसबिरुद्ध खेल्दै ला लिगामा बार्सिलोनाबाट डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडीको किर्तिमान पनि बनाए । बार्सिलोनाको एकेडेमीका उत्पादन फाती ७८ औं मिनेटमा कार्लेस पेरेजको स्थानमा मैदान छिरेका थिए । ला लिगामा कम उमेरमा डेब्यु गर्ने खेलाडीको किर्तिमान भने भिसेन्टे मार्टिनेजको नाममा छ । भिसेन्टेले सन् १९४१ मा रियल म्याड्रिडबाट डेब्यु गरेका थिए ।
भिसेन्टेले फातीलेभन्दा १८ दिन कम उमेरमा डेब्यु गरेका थिए । गिनिया बिसाउका नागरिक फातीको उमेर आइतबार १६ बर्ष दुई सय ९८ दिन पुगेको छ । उनी सन् २०१३ मा १० वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए । फातीसँग बार्सिलोनाले सन् २०२२ सम्म सम्झौता गरेको छ ।
उनै फातीको डेब्युपछि कप्तान लियोनल मेस्सीले उनीसँग अंकमाल गरेको फोटो सामाजिक सञ्चालन इन्स्टाग्राममा समेत राखेका छन् । मेस्सीले युवा खेलाडीले सिनियर टोलीका रहेर खैदै सपना पूरा गरेको देख्दा खुशी लागेको पनि बताएका छन् । मेस्सी भने बार्सिलोनाबाट कम उमेरमा डेब्यु गर्ने तेस्रो खेलाडी हुन् ।
मेस्सीले १७ बर्ष तीन महिना २२ दिनको उमेरमा बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका थिए । दोस्रो स्थानमा डेकोको उमेर १७ बर्ष १९ दिन थियो । फातीका पिताले पनि छोराले सिनियर टोलीमा क्याम्प नोउमा डेब्यु गरेको देख्दा सबै सपना पूरा भएको बताएका छन् । फातीले यसअघि बार्साको ‘बी’ टिमबाट उत्कृष्ट प्रदर्शन गरिरहेकाले उनलाई सिनियर टोलीमा मौका दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण