मेयरविरुद्ध राजपाको प्रदर्शन
वीरगन्ज–दुई वर्षको कार्यकालमा नगर प्रमुख विजय कुमार सरावगीले नगरको विकास र नगरवासीको हितमा काम गर्न नसकेको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बुधबार विरोध प्रदर्शन गरेको छ ।
राजपाका महासचिव राजेशमान सिंहको नेतृत्वमा बुधबार वीरगन्जमा नगर प्रमुख सरावगीको विरोधमा प्रदर्शन गरिएको हो ।
घण्टाघर छेउको लालबंगला परिसरबाट राजपाले निकालेको विरोध जुलुसले नगरका मुख्य भागको परिक्रमा गरि महानगरपालिका पुगेर सरावगीलाई ज्ञापनपत्र पनि बुझाएको छ ।
नगर प्रमुख सरावगीलाई बुझाइएको ज्ञापनपत्रमा राजपाले दुई वर्षको कार्यकालमा वीरगन्ज महानगरमा भौतिक विकास निर्माणका काम नभएको, कर्मचारीतन्त्रका बेला शुरु भएका विकास निर्माणका योजनाहरु पनि अहिले अलपत्र पारिएको, महानगरको सामुदायिक विद्यालयमा सुधार गर्नुको सट्टा नगर प्रमुख सरावगीले हस्तक्षेप गरि झन् धराशायी बनाएको, नगरवासीलाई सेवा सुविधा दिनको सट्टा करको भार मात्रै थोपार्ने काम गरिएको आरोप लगाएको छ ।
यस्तै जनताले तिरेको करबाट विकास निर्माणको काम गर्नुको सट्टा नगर प्रमुखले आफ्ना लागि करोडौं मुल्यको दुई वटा सुविधा सम्पन्न गाडी खरिद गरेको, नगर क्षेत्रभित्र विद्यमान छाडा चौपया नियन्त्रण नगरिएको, महागनगरको सरसफाई नगरपालिका आफैले नगरि निजी कम्पनीलाइ ठेक्कामा दिएर त्यस बापत नगरवासीसँग अतिरिक्त कर असुली रहेको , दातृ निकायको ऋण अनुदान र सहयोगमा भइरहेका विकासका काममा भ्रष्टचार र कमिसनको चलखेल भइरहेको आरोप पनि राजपाले लगाएको छ । नगर प्रमुख सरावगीलाई ज्ञापन पत्र बुझाएपछि राजपाले महानगरपालिकाको मुल प्रवेशद्वारमै कोणसभा पनि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण