सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा १०.२६ अंकको गिरावट, सबै समूह ओरालो लाग्यो

बुधबार, ११ भदौ २०७६, १७ : ४५
बुधबार, ११ भदौ २०७६

काठमाडौं– सेयर बजारमा बुधबार गिरावट आएको छ । बजार १०.२६ अंकले घट्दा ३७ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १३ लाख २१ हजार ४ सय ८६ कित्ता सेयर किनबेच भएको हो । कारोबारमा १६८ कम्पनी सामेल थिए । 

आज बैंकिङ, होटल, विकास बैंक, जलविद्युत लगायत सबै समुह ओरालो लागेको छ ।  बजार घट्दा दिव्यशवरी हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तिय संस्था, हिामलयन डिस्टिलरी लगायतले सबैभन्दा बढी गुमाएका छन् । 

आज सबैभन्दा बढी कारोबार रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको भएको छ । यसको १० करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप