आलिया भट्टमाथि पाकिस्तानी अभिनेत्रीले लगाइन् चोरीको आरोप
पाकिस्तानी अभिनेत्री महविश हयातले बलिउडको आलोचना गर्दै अभिनेत्री आलिया भट्टमाथि चोरीको आरोप लगाएकी छिन् । उनले आलियाले भर्खरै रिलीज गरेको ‘पराडा’ बोलको गीत पाकिस्तानी गीत ‘गोरे रंग’ सँग मिल्दोजुल्दो भएको बताएकी हुन् ।
ट्विटरका थुप्रै प्रयोगकर्ताहरुले उक्त गीतको बारेमा थुप्रै विवादका कुरा गरेका थिए । हयातले बलिउडमाथि चोरीको आरोप लगाएकी छिन् । उनले भनिन्, ‘यो धेरै नै अच्चम लाग्दो कुरा हो । बलिउडले सधैँ पाकिस्तानको बेइज्जत गर्छ । फेरि हाम्रो गीत पनि चोर्न छोड्दैन । कपिराइट उल्लंघन र रोयल्टी पेमेन्टसँग पनि उनीहरुलाई कुनै मतलब छैन ।’
हयातले ट्विटरमा लेख्दै भनेकी छिन्, ‘अब त अति नै भइसक्यो । के हामी अब जाग्न सक्छौँ रु बलिउडको एजेन्डा के हो ? कोही यिनीहरुलाई किन रोक्न सक्दैन ।’
उनले प्रधानमन्त्री मोदीले पनि बलिउडका कलाकारलाई पाकिस्तानको विरुद्ध हतियारको रुपमा प्रयोग गरिरहेको आरोप लगाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण