संसारकै सबैभन्दा धेरै कमाउने गायिका, जसको एक दिनको कमाइ ३.६२ करोड
हलिउड गायिका टेलर स्विफ्ट संसारकै सबैभन्दा धेरै कमाई गर्ने गायिका बनेकी छिन् । बिहीबार फोब्र्सले जारी गरेको धेरै कमाइ गर्ने गायक/गायिकाहरुको सूचीमा टेलर सबैभन्दा बढी कमाई गर्ने गायिकामा परेकी हुन् ।
फोब्र्सका अनुसार सबैभन्दा धेरै कमाई गर्ने टेलरको सालाखाला आम्दानी १८५ मिलियन डलर रहेको छ । उनको एक दिनको कमाई ५.६ लाख डलर रहेको छ । उनीपछि दोस्रो नम्बरमा सबैभन्दा धेरै कमाई गर्नेमा बियोन्से र तेस्रोमा रिहाना रहेकी छिन् ।
फोब्र्सले अघिल्लो महिना संसारमै सबैभन्दा धेरै कमाई गर्ने सेलिबे्रटीको सूची जारी गरेको छ । त्यसमा पनि टेलर स्विफ्ट यसमा पहिलो नम्बरमा थिइन् । यस सूचीमा दुई जना मात्रै महिला समावेश भएका थिए । जसमा टेलर स्विफ्टभन्दा पछाडि अमेरिकी रियालिटी स्टार तथा मोडेल काइली जेनर थिइन् ।
रिपोर्टको अनुसार टेलरसँग ६०० करोडभन्दा बढी अचल सम्पत्ति रहेको छ । उनीसँग चार वटा अलग–अलग राज्यमा ८ भन्दा बढी महल रहेका छन् । टेलरले आफ्नो कमाइको ठूलो हिस्सा रियल एस्टेटमा लगानी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण