नेपाल फाइनलमा प्रवेश
बिहीबार, १२ भदौ २०७६, १४ : ४१
काठमाडौं– नेपाल पाँचौं साफ यू–१५ च्याम्प्यिनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतको कल्याणीमा जारी प्रतियोगितामा नेपालले बिहिबार भुटानलाई ६–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । नेपालको जितमा प्रदिप लम्सालले दुई गोल गरे । अशिम राई, सुगम जिम्मी, क्रिस सापकोटा र निराजन खत्रीले एक एक गोल गरेका थिए ।
तुलनात्मक रुपमा कमजोर टोली भुटानने नेपालको पोस्ट्मा गोल गर्न लायक अवसर बनाउन सकेन । यसअघि पाँच टोली सम्मिलित लिग चरणको पहिलो खेलमा नेपाल आयोजक भारतसँग ५–० गोलले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा श्रीलंकालाई २–० र तेस्रो खेलमा साविक विजेता बंगलादेशलाई ४–१ गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
-
अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनायो
-
केप भर्डेले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा धकेल्यो
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण