तीजको अवसर पारेर बोल्ड बनिन् लक्ष्मी
बिहीबार, १२ भदौ २०७६, १६ : ४६

काठमाडौं –तीज नजिकिदै गर्दा हाम्रा कलाकर्मीलाई पनि यसको माहोलले छपक्कै छोइसकेको छ । कतिपय गायक, गायिका, मोडल तीजको अवसर पारेर गीत गाउने, भिडियो बनाउनेदेखि बजारमा ल्याउनमा ब्यस्त रहेका छन् ।
केहीलाई भने बिगत केही सातादेखि तीजको कार्यक्रम र पार्टीले भ्याइनभ्याइ छ । तीजकै मेसो पारेर गायिका तथा मोडल लक्ष्मी आचार्यले केही साता पहिले तीज गीत ‘फुङ्गालेर माइती देश’ सार्वजनिक गरेकी थिइन् ।
भिडियो सहित सार्वजनिक उक्त गीत अहिले सांगीतिक बजारमा तताउन सफल भएको छ । तीज गीतले बजार तताइरहेको समयमा गायिका आचार्य तीजको अवसर पारेर फोटो सुट पनि गराएकी छन् ।
रातो सारी, सेतो सारी र हाप पाइटमा समेत फरक फरक पोजमा गराएको फोटो सुट गराएकी उनी तस्बिरमा उनी हट एण्ड क्युट देखिएकी छन् । केही तस्बिरमा उनी सिम्पल र केहीमा बोल्ड अन्दाजमा समेत प्रस्तुत भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगले दुई खरिदारसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा चलायो
-
अनेरास्ववियुका नवनिर्वाचित अध्यक्षलाई प्रश्न– तपाईंसँग शिक्षामा सुधार गर्ने कुन क्याप्सुल छ ? (भिडियोसहित)
-
नक्कली प्रमाणपत्रधारी सव–इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर
-
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान
-
सर्लाहीका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
-
भ्रातृसंस्थाबारे सभापति र महामन्त्री थापा दुईतिर