भारत सरकारको निर्णयविरुद्ध पाकिस्तानी प्रधानमन्त्री खानको नेतृत्वमा प्रदर्शन
इस्लामावाद-पाकिस्तानमा हजारौँको सहभागितामा शुक्रबार भएको प्रदर्शनको नेतृत्व प्रधानमन्त्री इमरान खानले गरेका छन् । भारतको केन्द्रीय सरकारले काश्मिरको बारेमा गरेको निर्णयको विरुद्धमा महत्वकांक्षी प्रदर्शन भएको समाचारमा जनाइएको छ ।
प्रधानमन्त्री खान संयुक्त राष्ट्रसंघको बार्षिक महासभामा सहभागी हुन जानुभन्दा केही हप्ता अगाडि प्रदर्शनको आयोजना गरिएको हो । उनले आउँदो महिना हुने महासभामा काश्मिरको दूतको रूपमा काश्मिरका जनताको पक्षबाट आवाज उठाउने बताएका छन् ।
प्रदर्शनका लागि प्रधानमन्त्रीको सचिवालय अगाडि पनि हजारौ उपस्थित भएका थिए । उनीहरूले काश्मिरमा फोन, इन्टरनेट जस्ता सञ्चारसम्वन्ध विच्छेद गरिएको, आन्दोलन गर्न प्रतिबन्ध गरिएको र हजारौँलाई पक्राउ गरिएको बारेमा पनि चिन्ता व्यक्त गरेका थिए ।
प्रधानमन्त्री खानले प्रदर्शनमा उत्रिएर काश्मिरका जनताप्रति ऐक्ववद्धता जनाइएको र आफूहरु काश्मिरी जनताको पछाडि रहेको सन्देश दिन चाहेको बताए ।प्रदर्शनलाई सम्वोधन गर्दै उनले भने, “हामी सास रहेसम्म काश्मिरका जनताको पक्षमा उभिन्छौँ ।”
राजधानी इस्लामावाद बाहेक देशका अन्य सहरहरुमा पनि प्रदर्शनकारीको उल्लेख्य सहभागिता रहेको अधिकारीहरूले जनाएका छन् । प्रदर्शनकारीहरुले ठूला ठूला झण्डा फहराएका थिए भने काश्मिरी जनताको अधिकारका पक्षमा नारा लगाएका थिए । -एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण