लागूऔषध सहित ३ जना समातिए
पोखरा – तीन लागूऔषध कारोबारीलाई प्रहरीले शनिवार पोखरामा नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार लागूऔषध र नगदसहित उनीहरुलाई समातिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार नाईट्रोभ्याट १० लेखिएको ट्यावलेट १२० चक्की र नगद रु ९६ हजार ४ सय ५० उनीहरुको साथबाट बरामद गरिएको छ ।
शंका लागेर चेकजाँच गर्दा कारमा सवार ४६ वर्षीय सुवास गुरुङको साथमा रहेको कालो रंगको झोलामा लागूऔषध र नगद भेटिएको प्रहरीले जनाएको छ। रामबजार बस्ने सुवाससहित लमजुङ घर भई पोखरा – ११ रानीपौवा बस्ने २१ वर्षीय युवराज गुरुङ र सोहि ठाउँ बस्दै आएकी २२ वर्षीया आशा गुरुङलाई प्रहरीले नियन्त्रण लिएको हो ।
शंका लागेर चेकजाँच गर्ने क्रममा झोलाबाट लागूऔषध र पैसा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले बताए ।
तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पोखरा महेन्द्रपुलबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण