सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

लागूऔषध सहित ३ जना समातिए

शनिबार, १४ भदौ २०७६, १९ : ४६
शनिबार, १४ भदौ २०७६

पोखरा – तीन लागूऔषध कारोबारीलाई प्रहरीले शनिवार  पोखरामा नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार लागूऔषध र नगदसहित उनीहरुलाई समातिएको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार नाईट्रोभ्याट १० लेखिएको ट्यावलेट १२० चक्की र नगद रु ९६ हजार ४ सय ५० उनीहरुको साथबाट बरामद गरिएको छ । 

शंका लागेर चेकजाँच गर्दा कारमा सवार ४६ वर्षीय सुवास गुरुङको साथमा रहेको कालो रंगको झोलामा लागूऔषध र नगद भेटिएको प्रहरीले जनाएको छ। रामबजार बस्ने सुवाससहित लमजुङ घर भई पोखरा – ११ रानीपौवा बस्ने २१ वर्षीय युवराज गुरुङ र सोहि ठाउँ बस्दै आएकी २२ वर्षीया आशा गुरुङलाई प्रहरीले नियन्त्रण लिएको हो ।

शंका लागेर चेकजाँच गर्ने क्रममा झोलाबाट लागूऔषध र पैसा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले बताए ।
 
तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पोखरा महेन्द्रपुलबाट उनीहरुलाई  नियन्त्रणमा लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप