स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने तयारी

काठमाडौं– सरकारले सबै स्थानीय तहमा सुविधा सम्पन्न पुस्तकालय स्थापना गर्ने तयारी गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै स्थानीय तहमा सुविधा सम्पन्न सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्थापना हुने गरी पुस्तक गुरुयोजना तय गरिएको र त्यसलाई छिट्टै मन्त्रिपरिषद बैठकबाट पारित गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।
१२ औं पुस्तकालय दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पुस्तक नीति तर्जुमा गर्न गठित कार्य दलको प्रतिवेदन कार्यान्वयनमा लैजान पनि सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।
मन्त्री पोखरेलले सरकारले पठन संस्कृतिको विकासका लागि पनि पुस्तकालयको विकास र विस्तारसम्बन्धि नीति लिएको स्मरण गराए । मन्त्री पोखरेलले पुस्तकालय सञ्चालनका लागि आवश्यक नीति बनाउने योजना समेत तय गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक
-
असार २२ गते त्रिभुवन विश्वविद्यालयले बाेलायाे सभा
-
त्रिभुवन विश्वविद्यालयले काज बिदामा कडाइ गर्ने
-
बस्नेतको नियुक्तिमा अदालतको रोक, बर्खास्त तामाङ पुनः पदमा फर्किने
-
रुटिन अफ नेपाल प्रालिका भिक्टर पौडेलविरुद्ध कारण देखाउ आदेश जारी
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो