रुपन्देहीमा डेंगुको संक्रमण बढ्दो, एउटा बेडमा दुई बिरामी
बुटवल– प्रदेश ५ को तराई भेग वर्दिया, बाँके, दाङ्ग, कपिलवस्तु, रुपन्देही र नवलपसासीमा डेंगु रोगका बिरामीहरु बढेका छन् । रुपन्देहीमा मात्र ३७ जना डेंगु रोगका बिरामीहरु यतिबेला उपचार गराइरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डाक्टर कृष्ण खनालले बताए ।
प्रादेशिक अस्पतालमा २२ जना डेंगुका पोजिटिभ बिरामीहरु भेटिए । उनीहरुले उनीहरुले यहाँ उपचार गराइरहेका छन् । डाक्टर खनालले भने रुपन्देहीमा सबै गरेर ३७ जना डेंगुका बिरामीले उपचार गराइरहेका छन । हालसम्म झण्डै तीनसय जनाको रगत परीक्षण गरिएको र ती मध्ये डेंगुका बिरामीहरु फेला परेको डाक्टर खनालको भनाई छ ।
उनका अनुसार प्रदेश ५ का तराईका जिल्लाहरुमा डेंगुका बिरामीहरु फेला परेका छन् । ‘मुख्यगरी लामखुट्टेको टोकाईबाट बच्नुपर्दछ’ –डाक्टर खनालले भने– ‘अहिले कै तापक्रम केहि दिन रहने हो भने स्थिति भयावह पनि हुन सक्छ ।’ उनले थपे– ‘लामखुट्टेको टोकाईबाट बच्न, हाफ कपडाहरु लगाउनुहुँदैन । सफा पानी, गमला, फ्रिज लगायतमा लामखुट्टे फुल पार्ने हुँदा त्यस्ता वस्तुबाट बच्नुपर्दछ ।’
डेंगुसँगै (Typhus Fever) नामक बिमारको संक्रमण पनि बढेको त्यस अस्पतालका डाक्टरहरुले बताएका छन् । त्यस्तै ज्वरोका बिरामी पनि बढेका छन् । जसले गर्दा रुपन्देहीका अस्पतालहरुमा एउटा बेडमा दुईजना बिरामी सुताउने गरिएको छ । त्यस्तै डेंगु परिक्षण गर्ने किटको अभाव समेत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण