दीवाकरको फिल्ममा छैनन् आर्यन, दीपिकासँग नयाँ हिरोको रोमान्स
काठमाडौं –निर्देशक दीवाकर भट्टराई अहिले नयाँ फिल्म ‘तिमिसँगै हुने मन छ’को तयारीमा जुटेका छन् । गतबर्षको फागुनमा रिलिज भएको अनमोल केसी अभिनित ‘क्याप्टेन’ पछि उनले कुनैपनि फिल्म निर्देशन गरेका छैनन् ।
‘स्टुपिड मन’ र ‘ऐश्वर्य’ जस्ता मनछुने फिल्म बनाएका भट्टराईको नयाँ फिल्ममा अभिनेता आर्यन सिग्देल हिरोको रुपमा रहने केही पहिले मिडियामा समाचार आएको थियो । आर्यनले अभिनेत्री दीपिका प्रसाईसँग फिल्मी रोमान्स गर्ने समेत समाचारमा उल्लेख थियो । तर निर्देशक भट्टराईले भने आफ्नो फिल्ममा आर्यन नरहने जानकारी दिए ।
‘म दुई जना नयाँ हिरो लिएर फिल्म गर्दैछु’ निर्देशक भट्टराईले भने ‘फिल्मको आन्तरिक काम भइरहेको छ । तयारी सकेर छिट्टै घोषणा गर्छु ।’
हुन त केही पहिले फिल्म अभिनयका लागि आर्यनसँग मौखिक सहमति भएको समाचार बाहिर आएको थियो । त्यसपछि आर्यनले फिल्म छोडे भनेर पनि हल्ला चल्यो । निर्देशक भट्टराईले फिल्मका लागि आर्यन नछानिएको स्पष्ट पारे ।
निर्देशक भट्टराइले केही दिन पहिले फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गराएका छन् । दर्ता पहिले उनले फिल्मको स्क्रिप्ट पशुपति मन्दिरमा लगेर पूजागरेका थिए ।
लभस्टोरी जनरामा निर्माण हुने फिल्म ‘तिमीसँगै हुने मन छ’को दशैंपछि छायांकन सुरु हुने निर्देशक भट्टराईले जानकारी दिए ।
ओम नम शिवाय फिल्मको ब्यानरमा बन्ने फिल्ममा अभिनेत्री दीपिका प्रसाईंको अलवा केही नयाँ र पुराना कलाकारको समेत अभिनय रहनेछ । दीपिका निर्देशक भट्टरार्ईकी धर्मपत्नी समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण