‘रातो टीका निधारमा’ ट्रेलर : ‘गाउँले साम्राज्ञी, एजेन्ट अंकित’
काठमाडौं – अशोक शर्माको निर्माण निर्देशन रहेको फिल्म ‘रातो टीका निधारमा’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले थप प्रचारका लागि फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।
वैदेशिक रोजगारीको कथा बुझाउने ट्रेलरमा फिल्मका केही मुख्य अंशले प्राथामिकता पाएका छन् । ट्रेलरमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह गाउँले युवतीको भूमिका छिन्, भने नव हिरो अंकित शर्मा वैदेशिक रोजगारीमा पठाउने एजेन्टको रुपमा देखिएका छन् । कमेडी शैलीमा तयार पारिएको ट्रेलरले फिल्मप्रति दर्शकमा उत्सुकता र कौतुहलता जगाउन सक्छ ।
साम्राज्ञी र अंकितसँगै फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारका अभिनय देख्न सकिन्छ ।
निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्मा निर्माता रहकेो फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ ।
अगाडिको सुपरहिट फिल्म ‘अल्लारे’ मा समावेश चर्चित गीत ‘रातो टीका निधारमा’लाई पनि रि–एरेञ्ज गरेर राखिएको छ । केही दिनमा उक्त गीत सार्वजनिक हुने निर्माण युनिटले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण