चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी पक्राउको विरोधमा प्रदर्शन
काठमाडौं–चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी पक्राउको विरोधमा विद्यार्थीहरुले भरतपुरमा -यालीसहित प्रर्दशन गरेका छन् ।
प्रहरीले चिकित्सा शिक्षा संर्घष समितिका अभियन्ता समेत रहेका प्रविन स्याङ्तानलाई कोठाबाट नै पक्राउ गरेपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन् ।
मकवानपुर घर भएका प्रविन बिडिएस अन्तिम बर्षमा पढ्ने विद्यार्थी हुन् । उनी छात्रवृत्तिमा बिडिएस पढ्दै थिए । चितवन मेडिकल कलेजको परिसरबाट सुरु भएको र्याली भरतपुरको चौविसकोठीबाट जिल्ला प्रहरी कार्यालय जान लाग्दा प्रहरीले रोकेपछि चौविसकोठीमा नै विद्यार्थीले प्रर्दशन गरेका थिए । उनीहरुले विनाकारण विद्यार्थी नेता पक्राउ गरिएको भन्दै तत्काल रिहाइ गर्न माग गरे ।
चितवन मेडिकल कलेजले तोकिएको भन्दा जथाभावी शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी नेतालाई पक्राउ गरिनु लज्जास्पद भएको अभियानका संयोजक प्रकाश चन्दले बताए ।
वर्तमान सरकारले मेडिकल माफियालाई कारबार्ही गर्नुको साटो मेडिकल पढ्ने बिद्यार्थीमाथी दमन गर्ने काम गरेको उनले आरोप लगाए ।
तोकिएको भन्दा लाखौं बढी पैसा असुली गरी चितवन मेडिकल कलेजले मेडिकल शिक्षाका नाममा लुटतन्त्र मच्चाएको भन्दै बिद्यार्थीहरुले मेडिकल कलेज बिरुद्ध नाराबाजी समेत गरेका थिए ।
१२ देखि २० लाख सम्म बढी पैसा कलेजले असुली गरेको र त्यसको बिल भरपाई समेत केही नदिने गरेको भन्दै विद्यार्थीले कलेज प्रशासन बिरुद्ध चर्को नाराबाजी गरे ।
आफूहरुको आन्दोलनलाई दवाउन प्रविनलाई पक्राउ गरिएको र पक्राउ गरिएका विद्यार्थी तत्काल नछाडे आन्दोलनलाई थप चर्काउने उनीहरुको चेतावनी छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले केही कुरा सोधपुछ गर्नुपर्ने भएकाले प्रविनलाई पक्राउ गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण