बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सेरेना युएस ओपन टेनिसको सेमिफाइनलमा प्रदेश

बुधबार, १८ भदौ २०७६, १० : ४५
बुधबार, १८ भदौ २०७६

अमेरिकी स्टार सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन्् । बुधबार बिहान भएको महिला एकल खेलमा आठौं वरियताकी सेरेनाले १८औं वरियताकी चिनिया खेलाडी वाङ क्विाङलाई २–० को सोझो सेटमा हराईन् ।

४४ मिनेट चलेको खेलमा ३७ बर्षीय सेरेनाले ६–१, ६–० को सहज जित निकालेकी थिईन् । सेमिफाइनलमा सेरेनाले युक्रेनकी एलिना एसभिटोलिनासँग प्रतिस्पर्धा गर्नेछिन् । पाँचौं वरियताकी एलिनाले मंगलबार राति बेलायतकी जोहाना कोन्टालाई ६–४, ६–४ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएकी थिईन् ।

यसैगरी बुधबार बिहानै भएको पुरुष एकल तर्फको खेलमा पाँच पटकका च्याम्पियन रोजर फेडेरर क्वार्टरफाइनलबाटै बाहिरिएका छन् । स्विस स्टार रोजर बुल्गेरियाका ग्रिगोर दिमित्रोभसँग ३–६, ६–४, ३–६, ६–४, ६–२  ले पराजित भए । दोस्रो बरियताका रोजरलाई हराएसँगै ७८औं वरियताका दिमित्रोभले सेमिफाइनलमा स्थान बनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप