सेरेना युएस ओपन टेनिसको सेमिफाइनलमा प्रदेश
अमेरिकी स्टार सेरेना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छन्् । बुधबार बिहान भएको महिला एकल खेलमा आठौं वरियताकी सेरेनाले १८औं वरियताकी चिनिया खेलाडी वाङ क्विाङलाई २–० को सोझो सेटमा हराईन् ।
४४ मिनेट चलेको खेलमा ३७ बर्षीय सेरेनाले ६–१, ६–० को सहज जित निकालेकी थिईन् । सेमिफाइनलमा सेरेनाले युक्रेनकी एलिना एसभिटोलिनासँग प्रतिस्पर्धा गर्नेछिन् । पाँचौं वरियताकी एलिनाले मंगलबार राति बेलायतकी जोहाना कोन्टालाई ६–४, ६–४ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएकी थिईन् ।
यसैगरी बुधबार बिहानै भएको पुरुष एकल तर्फको खेलमा पाँच पटकका च्याम्पियन रोजर फेडेरर क्वार्टरफाइनलबाटै बाहिरिएका छन् । स्विस स्टार रोजर बुल्गेरियाका ग्रिगोर दिमित्रोभसँग ३–६, ६–४, ३–६, ६–४, ६–२ ले पराजित भए । दोस्रो बरियताका रोजरलाई हराएसँगै ७८औं वरियताका दिमित्रोभले सेमिफाइनलमा स्थान बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण