राप्रपा संयुक्तको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को केन्द्रीय कार्यसमितिको बैठक बिहीबार काठमाडौँमा बस्ने भएको छ । पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) एकीकरणपछि पहिलोपटक बस्न लागेको उक्त बैठकले समान वैचारिक शक्तिसँगको एकता तथा सङ्गठन सुदृढीकरणका लागि छलफल गर्ने नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
पार्टीले हिन्दू राष्ट्र कायम गर्न आवश्यक रणनीतिको अवलम्बन गर्ने विषयमा सबै प्रदेशका नेतासँग सुझाव लिने उक्त बैठकमा अध्यक्षद्वय राणा र डा.लोहनीले राजनीतिक कार्यपत्र प्रस्तुत गर्नेछन् । मुलुकको समसामयिक राजनीतिक अवस्थाकाबारे छलफल गरी महङ्गी, भ्रष्टाचार नियन्त्रणलगायत विषयमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा सञ्चालन गर्ने राजनीतिक गतिविधिकाबारे बैठकले निर्णय लिनेछ । पार्टीले हिन्दू राष्ट्रको महत्वकाबारे जनताको घरदैलोमा पुगेर बुझाउनका लागि आगामी कात्तिकमा जनकपुरदेखि रथयात्रा गर्ने कार्यक्रम छ ।
यसैबीच कमल थापा नेतृत्वको राप्रपाले तेस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा यही भदौ २३ गतेदेखि २५ गतेसम्म सिन्धुलीबाट शुरु गरी काभ्रेपलाञ्चोकमा समापन गर्ने भनेकामा वर्षाका कारण स्थगित गरेको नेता देवेन्द्र प्रधानले जानकारी दिए । उनका अनुसार त्यस क्षेत्रको राजमार्गमा अवरोध देखिएको र साना–ठूला यातायातका साधन सहज ढङ्गबाट आवागमन गर्न असहज भएको हुँदा उक्त यात्रा हाललाई स्थगित गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण