नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको झडपमा घाइते एकको मृत्यु
जनकपुर । हंसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको झडपको क्रममा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ ।
झडपमा गम्भीर घाइते भएका ५५ वर्षीय तपेश्वर मण्डलको बुधबार राति मृत्यु भएको हो ।
गत साउन २१ गते नगरपालिकाका मेयर रामज्ञान मण्डलले प्रहरीको सहयोगमा बघचौडामा रहेको साबिकको कार्यालयका सामाग्रीहरु जबरजस्ती लैजान खोजेपछि उपमेयर रेणु झासहित स्थानीयले अवरोध गरेका थिए ।
त्यसक्रममा प्रहरीले लाठीचार्ज गर्दा मृतक मण्डलसहित आधा दर्जन स्थानीय घाइते भएका थिए ।
झडपमा परी घाइते भएका मण्डललाई तत्कालै जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।
अञ्चल अस्पतालमै उपचाररत रहेका उनको मृत्युपछि अस्पतालसमेत तनावग्रस्त बनेको थियो ।
झडपको क्रममा प्रहरीले लाठी चार्ज गर्दा मण्डलको ढाडको तल्लो भागमा गम्भीर चोट लागेको थियो ।
मण्डलको मृत्यु भएपछि आक्रोशित बनेका हंसपुरका स्थानीयहरु मेयर मण्डलविरुद्ध प्रदर्शन गरेका छन् ।
प्रदर्शनको क्रममा उनीहरुले मेयर मण्डलमाथि कडा कारबाही हुनुपर्ने माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री रेखा शर्माको प्रश्न : कसैको बारेमा प्रश्न उठाइरहने, बोल्न नदिने भन्ने हुन्छ ?
-
एमाले अध्यक्ष ओलीप्रति धनराज गुरुङ आक्रामक
-
सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज
-
प्रतिनिधि सभामा धकेलाधकेल
-
प्रतिनिधिसभा बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित
-
नाराबाजीका बिच सभामुखले वाचन गरे राष्ट्रपति कार्यालयको पत्र