सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्दो मानव बेचबिखनप्रति चिन्ता

बिहीबार, १९ भदौ २०७६, १० : ३८
बिहीबार, १९ भदौ २०७६

काठमाडौं–काठमाडौँ महानगरपालिका वडा नं १५ ले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध प्रभातफेरी कार्यक्रम गरेको छ । 

मानव बेच बिखन तथा ओसारपसार बिरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसर पारेर वडा कार्यालयले प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।

 प्रभातफेरी कार्यक्रममा महानगरीय प्रहरी वृत्त स्वयम्भु, स्थानीय क्लब, महिला समूह, विभिन्न विद्यालयका बिद्यार्थीहरु सहभागी भएका थिए ।
प्रदेश सांसद अष्टलक्ष्मी शाक्य, वडाका बुद्धिजीवी, समाजसेवी पनि प्रभातफेरीमा सहभागी थिए । 
प्रभातफेरीमा सहभागीहरुले मानव बेचबिखन तथा ओसारपसार समाज भित्र हुने जघन्य अपराधहरु भित्र पर्ने भएकोले सबै सचेत हुनुपर्ने बताए । समाजमा मानव ओसार पसारको भिन्न भिन्न रुप देखिन थालेकोले शिक्षित पढेलेखेका पनि यसको शिकार भएको भन्दै यस विरुद्ध लड्न समाज नै जागरुक हुनुपर्ने बताए । 

प्रभातफेरीमा सहभागि महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख लालध्वज सुबेदीले अन्तराष्ट्रिय स्तरमा मानव बेच बिखन तथा ओसारपसार पैसा आर्जन गर्ने तेश्रो अवैधानिक व्यवसायको रुपमा फस्टाउँदै गएको भन्दै यसको बदलिँदो स्वरुपलाई सबैले बुझ्नुपर्ने बताए । 

यो अपराधको सुरुवातमा व्यक्ति फस्ने जस्तो देखिए पनि सामाजिक अपराध भएकाले सरकार व्यक्ति परिवार र समाज सबै एकजुट हुनुपर्नेमा सरोकारवालाको जोड छ । 

नेपाल सरकारले विभिन्न कार्यक्रमहरु संचालन गरेर मानव बेच बिखन तथा ओसारपसार बिरुद्ध काम गर्दै आएको छ । प्रभातफेरी कार्यक्रम स्वयम्भु, भगवानपाउ, डल्लु आवाशक्षेत्र,इन्द्रायणी शोभाभगवती, विजेश्वरी क्षेत्रका टोल बस्तीमा पुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप