‘नेपाल अन्तर्राष्ट्रिय आतंककारी तथा संगठित अपराधीको आक्रमणको उच्च जोखिममा’
शुक्रबार, २० भदौ २०७६, ०६ : २४
सरकारले गठन गरेको महत्वपूर्ण प्रतिष्ठानको सुरक्षासम्बन्धी सुझाव तथा सिफारिस समितिले अति विशिष्ट (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआइपी) का कार्यालय तथा निवास क्षेत्र आसपास व्यापार/व्यावसाय प्रयोजनाका अग्ला भवन निर्माणमा अंकुश लगाउन सिफारिस गरेको छ ।
आतंककारी समूहबाट हुन सक्ने अवाञ्छित गतिविधिको जोखिम औंल्याउँदै समितिले राष्ट्रपति उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत अतिविशिष्ट व्यक्तिका कार्यालय तथा निवास आसपास क्षेत्रमा भवन निर्माण गर्दा जिल्ला सुरक्षा समितिको स्वीकृति लिनुपर्ने प्रावधान राख्न पनि सिफारिस गरेको छ ।
गृह मन्त्रालयद्वारा गठित उक्त समितिको प्रतिवेदनमा ‘नेपाल अन्तर्राष्ट्रिय आतंककारी तथा संगठित अपराधको समूहबाट हुन सक्ने आक्रमणको उच्च जोखिममा रहेको’ उल्लेख छ । यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
जन्म दर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन पहल गर्छु : सभापति खतिवडा
-
वैद्य निकट विद्यार्थी सङ्गठनले जलायो गृहमन्त्रीको पुतला
-
चार्टर एकाउन्टेन्टस् सङ्घको अध्यक्षमा अरुण राउत
-
पक्राउ परेको २४ घण्टा नबित्दै जनप्रतिनिधिको दबाबमा छुटे वन्यजन्तु सिकारी
-
‘छक्का पञ्जा ५’ मा नायिका को हो ?