युवकको हत्यारालाई कारवाहीको माग गर्दै सदरमुकाम बन्द
महोत्तरी– युवकको हत्यारालाई कारवाहीको माग गर्दै आज महोत्तरीको सदरमुकाम जलेश्वर बन्द गरिएको छ । गत साउन १६ गते जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–६ स्थित रातो खोलामा स्थानीयवासी २९ वर्षीय सरोजकुमार साहलाई हत्या गरेर फालिदिएको अवस्थामा शव बरामद भएकामा प्रहरीले अहिलेसम्म हत्यारा पत्ता नलगाएको भन्दै पीडित परिवार र जलेश्वरका बासिन्दाले आज जिल्ला सदरमुकाम जलेश्वर बन्द गराएका छन् ।
आज बिहानैदेखि जलेश्वरका सबै पसल, बजार, उद्योगधन्दा र कलकारखानाहरु बन्द गराउँदै उनीहरुले प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका छन् । बन्दका कारण जलेश्वरका जनजीवन प्रभावित बनेको छ । प्यान्ट र गञ्जी मात्रै लगाएको, नाकबाट रगत बगेको तथा शरीरको अन्य भागमा चोटपटक लागेको सरोजलाई हत्या गरेको अवस्थामा प्रहरीले रातो खोला किनारमा फालिएको अवस्थामा शव बरामद गरेको थियो ।
यता युवक साहको हत्याको आरोपमा प्रहरीले दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । साथै उनले घटना रहस्यमय रहेको बताउँदै आवश्यक अनुसन्धानका लागि समय लाग्ने तर हत्यारा अवश्य पत्ता लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण