मात्रिका यादव र प्रभु साहले भेटे एसिड पीडित खातुनलाई
काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र नेकपा प्रदेश नम्बर २ का अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य प्रभु साहले एसिड आक्रमणबाट पीडित पर्साकी मुस्कान खातुनलाई न्याय दिलाउने बाचा गरेका छन् ।
आइतबार कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरको आइसियूमा उपचारत खातुनलाई भेट्न नेताद्वय यादव र साह पुगेका हुन् । अस्पतालमा पुगेर स्वास्थ्य अवस्था बुझेपछि मन्त्री यादवले खातुनको उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई निर्देशन दिए । ‘म पनि यहीँ छु, पार्टीका प्रदेश अध्यक्ष प्रभु साह पनि यहीँ हुनुहुन्छ । हामी यस विषयमा चिन्तित छौँ र यसलाई गम्भिरतापूर्वक लिएका छौँ । उपचारका लागि कुनै चिन्ता लिनुपर्दैन’ मन्त्री यादवले भने ।
एउटा निर्दोष बालिकामाथि आक्रमण भएको भन्दै मन्त्री यादवले अपराधमा संलग्नलाई कुनै पनि हालतमा माफ गर्न नसकिने बताए । ‘यस्ता खालका अपराधमा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ’ मन्त्री यादवको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण