मदनवादी समूह नेकपामा समाहित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी मदनवादी समूह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निवास खुमलटारमा आइतबार आयोजित एक समारोहमा सो समूहलाई पार्टीमा स्वागत गरे ।
पार्टीमा स्वागत गर्दै अध्यक्ष दाहालले देशको समृद्धि र समाजवादको लक्ष्य पूरा गर्न छरिएर रहेका सबै कम्युनिष्ट पार्टी एकजुट हुनुपर्ने बताए ।
उनले नेकपामा समाहित हुने निर्णय सही भएको र अन्य समूहलाई समेत सङ्गठित र एकीकृत गर्दै लैजाने विश्वास दिलाए ।
राष्ट्रिय एकतालाई सुदृढ गर्ने, कम्युनिष्ट आन्दोलनलाई बलशाली बनाउने र त्यसको प्रभाव राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा विस्तार गरिने उनको भनाइ थियो ।
अध्यक्ष दाहालले भने, ‘पार्टी एकतालाई बचाउने र सुदृढ गर्ने जिम्मेवारी सबै कम्युनिष्टको काँधमा आइपुगेको छ ।’
मदनवादी समूहका प्रवक्ता विष्णुप्रसाद ढुङ्गानाले देशको राजनीतिको मूलप्रवाह बनिसकेको नेकपामा एकीकृत हुँदै एउटै कम्युनिष्ट पार्टी निर्माण गरी अगाडि बढ्नुपर्ने आवश्यकता देखिएकाले आफूहरु नेकपामा समाहित भएको बताए ।
कार्यक्रममा नेकपा प्रदेश नं २ का अध्यक्ष प्रभु साहलगायतको उपस्थिति रहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर