मदनवादी समूह नेकपामा समाहित
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी मदनवादी समूह नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निवास खुमलटारमा आइतबार आयोजित एक समारोहमा सो समूहलाई पार्टीमा स्वागत गरे ।
पार्टीमा स्वागत गर्दै अध्यक्ष दाहालले देशको समृद्धि र समाजवादको लक्ष्य पूरा गर्न छरिएर रहेका सबै कम्युनिष्ट पार्टी एकजुट हुनुपर्ने बताए ।
उनले नेकपामा समाहित हुने निर्णय सही भएको र अन्य समूहलाई समेत सङ्गठित र एकीकृत गर्दै लैजाने विश्वास दिलाए ।
राष्ट्रिय एकतालाई सुदृढ गर्ने, कम्युनिष्ट आन्दोलनलाई बलशाली बनाउने र त्यसको प्रभाव राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा विस्तार गरिने उनको भनाइ थियो ।
अध्यक्ष दाहालले भने, ‘पार्टी एकतालाई बचाउने र सुदृढ गर्ने जिम्मेवारी सबै कम्युनिष्टको काँधमा आइपुगेको छ ।’
मदनवादी समूहका प्रवक्ता विष्णुप्रसाद ढुङ्गानाले देशको राजनीतिको मूलप्रवाह बनिसकेको नेकपामा एकीकृत हुँदै एउटै कम्युनिष्ट पार्टी निर्माण गरी अगाडि बढ्नुपर्ने आवश्यकता देखिएकाले आफूहरु नेकपामा समाहित भएको बताए ।
कार्यक्रममा नेकपा प्रदेश नं २ का अध्यक्ष प्रभु साहलगायतको उपस्थिति रहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण