राष्ट्रपतिसँग चिनियाँ विदेशमन्त्रीको भेट
सोमबार, २३ भदौ २०७६, २२ : १७
काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आज शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।
भेटमा विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यका साथै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको रोग वाइसीएलमा पनि सर्यो, गम्भीर भएर समीक्षा गर्नुहोस्– प्रचण्ड
-
'छाडा भएर राजावादीहरूले माओवादीमाथि आक्रमणको कोसिस गरे'
-
परम्परागत सीपमा आधारित युवा सञ्जालमा नयाँ समिति चयन
-
जलाशययुक्त आयोजना छाडेर प्राधिकरणले किन दिँदैछ ‘पम्प स्टोरेज’ मा ध्यान ?
-
राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन
-
६ महिनापछि घर फर्किए तिङ्करवासी