तखारको एक जिल्ला तालिबान लडाकूको कब्जामा
तलुकान– उत्तरी अफगानिस्तानको तखार प्रान्तको याङगी काला जिल्ला तालिबान लडाकू समूहले कब्जामा लिएको स्थानीय एक अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । विगत २४ घण्टासम्म निरन्तर रुपमा तालिबानले आक्रमण गरेपछि याङ्गी काला जिल्लाको मुख्यालय मंगलबार बिहान नै कब्जा गरेको बताइएको छ ।
यसैबीच, तखारको प्रान्तीय सरकारका प्रवक्ता मोहम्मद जावद हजारीले सिन्ह्वालाई याङगी काला जिल्लाको अवस्था जानकारी दिन सम्पर्क गर्नु हुँदै छोटो उत्तरमा पतन भएको जानकारी दिएका छन् । तर थप विवरण दिन भने उहाँले अस्वीकार गरेका छन् ।
दुई दिनअघि याङ्गी काला जिल्लामा आक्रमण गर्न लागेका तालिबान लडाकू समूहले १८ लडाकू गुमाएको बताएका थिए । सो कब्जाको क्रममा तालिबानका प्रमुख कमाण्डर मौलावी इमामुदीनसहित १८ जनाको ज्यान गएको छ । तखार र छिमेकमा पर्ने प्रान्त कुन्दुज र बाघलानमा समेत सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा केही टिप्पणी गरेका छैनन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण