केन्द्रीय संस्करण

रातोपाटी संवाददाता

जनतालाई पेलेर भएपनि सरकार आयु लम्ब्याउने खेलमा लाग्यो : सीपी मैनाली access_timeसाउन ४, २०७६

काठमाडौं। संयुक्त राष्ट्रिय आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न माग राखि शुक्रबार बुझाएको विरोधपत्र शनिबार सार्वजनिक गरेको छ ।  राजधानीमा पत्रकार सम्मेलन गर्दै विरोधपत्र सार्वजनिक गरिएको हो । विरोधपत्र बुझाउनेमा नेकपा (माले), नेपाली कांग्रेस (विपी), न...

सरकारले बाढीपीडितलाई समयमै राहत उपलब्ध गराउन नसकेको महतोको आरोप access_timeसाउन ४, २०७६

जनकपुरधाम–प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि बनाएको उपसमितिले शनिबार प्रदेश नम्बर २ मा बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण गरेको छ । निरीक्षणमा आएका राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले बाढी पीडित...

पार्टी एकता हुँदाको ५ बुँदे सहमति कार्यान्वयन हुनुपर्छः देवेन्द्र पौडेल access_timeसाउन ४, २०७६

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का  स्थायी समिति सदस्य देवेन्द्र पौडेलले दुई दलबीचको एकताका बेला शीर्ष नेताबीचको ५ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने धारणा राखेका छन् ।  ‘सरकारको आलोपालो, पार्टी नेतृत्व आलोपालो, सबै तहका संरचनामा पनि सहमति ...

चक्रपथ सफाइ अभियान अन्तर्गत बालाजुदेखि माछापोखरीसम्म सफाइ गरियो access_timeसाउन ४, २०७६

काठमाडौं– चक्रपथ सफाइ अभियान शनिबार पनि जारी रहेको छ । अभियान  अन्तरगत शनिबार बालाजु चोकदेखि माछापोखरीसम्मको सफाइ कार्यक्रम सम्पन्न गरिएको छ।   चक्रपथ सफाइ अभियानको १०१ औं दिनको अवसर पारेर शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म बालाजुदेखि माछा पोखर...

उपचारमा लापरवाही भएको भन्दै विरोध प्रदर्शन access_timeसाउन ४, २०७६

सिरहा । सिरहाको बन्दीपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको छ । सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दीपुरमा अवस्थित सर्पदंश उपचार केन्द्रको लापरवाहीका कारण एक युवकको मृत्यू भएको भन्दै बन्दीपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको हो ।  सर्पले टोकेपछि ...

डर्टमन्डसँग लिभरपुल पराजित access_timeसाउन ४, २०७६

युरोपियन लिग तयारीका लागि खेलिएको प्रिसिजनको मैत्रीपूर्ण अभ्यास खेलमा च्याम्पियन्स लिग विजेता इङ्लिस टोली लिभरपुल जर्मन क्लब बोरुसिया डर्टमन्डसँग पराजित भएको छ ।  शनिबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा लिभरपुल डर्टमन्डसँग ३–२ गोलले पराजित भएको हो । ...

सरकारको नयाँ कर नीतिविरुद्ध जनकपुरका व्यवसायी access_timeसाउन ४, २०७६

जनकपुर–सरकारले ल्याएको नयाँ कर नीतिको विरोधमा जनकपुरका व्यापारीहरुले शनिबार विरोध र्‍याली निकालेका छन् । उद्योग वाणिज्य संघ जनकपुरको अगुवाइमा निकालिएको विरोध र्यालीका सहभागीले जनकपुरपुर उपमहानगरपालिको परिक्रमा गर्दै सरकारले ल्याएको अव्यवहारिक करको वि...

सरकारले सार्वजनिक जग्गा अतिक्रमण हुन दिँदैनः उपप्रधानमन्त्री पोखरेल access_timeसाउन ४, २०७६

काठमाडौं–उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको बताएका छन् ।  उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा कहीँकतै अतिक्रमण भए तत्काल त्यसको सूचना संघीय सरकारलाई दिन स्थानीय तथा प्रदेश सरकारला...

स्वास्थ्य मन्त्रालयको वार्षिक प्रतिवेदन– ७९ प्रतिशत काम सफल, ६ प्रतिशत असफल access_timeसाउन ४, २०७६

काठमाडौँ –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मन्त्रालयको बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले स्वास्थ्य क्षेत्रमा यो वर्ष ७९ प्रतिशत काम सफल भएको बताएको छ ।  यस्तै १५ प्रतिशत काम सम्पन्न हुने तयारीमा रहेक...

गाउँदेखि जिल्ला तहसम्मका नेता कार्यकर्तालाई खट्न देउवाको निर्देशन access_timeसाउन ३, २०७६

सिरहा-नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले डुबानबाट प्रभावित सिरहाका विभिन्न बस्तीको आज स्थलगत निरीक्षण गरेका छन् । पूर्वप्रधानमन्त्री देउवाले कमला नदीको बाढीका कारण डुबानमा परेको सिरहा नगरपालिका–६ बसबिट्टा र  सारस्वर, सिरहाकै कल्याणपुर नगरपालिकास्थि...

नेपालका समिरलाई स्वर्ण access_timeसाउन ३, २०७६

काठमाडौं-नेपालका समिर श्रेष्ठले १२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार स्वर्ण जितेका छन् । भारतका दिनेश दोस्रो र नेपालकै प्रज्ज्वलमान शाक्य तेस्रो भए । पहिलो दिने जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले एक स्वर्ण, चार रज...

केसी र मानन्धर सम्मानित access_timeसाउन ३, २०७६

काठमाडौं- नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व म्याराथन धावक जितबहादुर केसी र दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व म्याराथन धावक वैकुण्ठ मानन्धरलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लब नेपालले शुक्रबार नगद पुरस्कार सहित सम्मान गरेको छ । एकेडेमी र क्लब...

बजारमा अभाव भएको औषधीको लिस्ट बुझाउन औषधी व्यवस्था विभागको आग्रह access_timeसाउन ३, २०७६

काठमाडौँ– औषधी व्यवस्था विभागले नागरिक र पशुपंछीको उपचारको लागि अभाव भएको औषधीको लिस्ट चिकित्सकहरुसँग माग गरेको छ ।  विभागले आज सूचना जारी गर्दै मानिस तथा पशुपंछीको उपचारमा आवश्यक पर्ने औषधीहरु बजारमा अभाव हुँदा उपचारमा कठिनाई भइरहेको भन्ने गुनास...

मुख्यमन्त्री पोखरेलले दिए निर्देशन access_timeसाउन ३, २०७६

बुटवल– मुख्यमन्त्री शंकर पोखरेलले  विकास आयोजनाको ठेक्का अवधि जेठ मसान्तसम्म हुने गरी अघि बढ्न निर्देशन दिएका छन् । मन्त्रालयहरुले आयोजना गरेको वार्षिक कार्ययोजना प्रस्तुतिकरण कार्यक्रममा बोल्दै उनले विकास निर्माणका काम जेठ मसान्तसम्म सक्ने गरी अघि बढ्दा कामको गुण...

बहिरा कलाकार सुजल बम अभिनित ‘झिमझिम परेली...’ सार्वजनिक access_timeसाउन ३, २०७६

काठमाडौं– दुवै कान नसुन्ने र बोल्न नसक्ने बहिरा कलाकार सुजल बम अभिनित म्युजिक भिडियो ‘झिमझिम परेली...’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा गीत सार्वजनिक गरिएको हो ।  सङ्गीत नाट्य तथा कला प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ...

स्मिता दाहालको नयाँ गीत ‘जालैमा पार्छु’ access_timeसाउन ३, २०७६

काठमाडौं– बालगायिका स्मिता दाहालको स्वर रहेको गीत ‘जालैमा पार्छु’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजनासहित गीत सार्वजनिक गरिएको हो । गीतमा स्मितालाई गायनमा आशिष अविरलले साथ दिएका छन् भने शब्द एकनारायण भण्डारीको रहेको र संगीत आशिष...

रौतहट प्रहरीद्धारा फरार तस्कर पक्राउ access_timeसाउन ३, २०७६

रौतहट– प्रहरीले रौतहटबाट भारततर्फ तस्करी गर्दै आएका लामो समयदेखी फरार एकजना तस्करलाई पक्राउ गरेको छ ।  गत बैशाख २६ गते नेपालबाट गाई र बाच्छी तस्करी गरी भारत तर्फ लैजाने क्रममा प्रहरीलाई हेर्नसाथ फरार भएका रौतहट फतुवा विजयपुर नगरपालिका वडा नं ८ का ५२ वर्ष...

बाढीपीडितहरु राहतको पर्खाइमा, मुख्यमन्त्री राउतको भने अर्कै धन्दा access_timeसाउन ३, २०७६

जनकपुर– प्रदेश २ मा आएको अविरल वर्षाका कारण आएको बाढीले जनता पीडामा रहेको बेला सो प्रदेशका मुख्यमन्त्री लालबाबु राउत भने साइकल वितरणतिर लागेका छन् ।  बाढी पीडितहरु एक छाक खान नपाएर राहतको पखाईमा रहेको बेला मुख्यमन्त्री राउत राहतको सट्टा बाढी प्रभावित क्ष...

पोखरा पद्म नर्सिङ होम विवाद: टुंगियो सञ्चालकको विवाद access_timeसाउन ३, २०७६

पोखरा– अस्पतालको मागअनुसारको रकम दिन राजी भएपछि पोखरा पद्म नर्सिङ होम अस्पताल र पद्म नर्सिङ होम स्कुुल अफ स्कुलिङबीचको विवाद टुंगिएको छ । अस्पतालको माग अनुसार ६० लाख रुपैयाँ  बुझाउने सहमतिपछि विवाद टुंगिएको कलेज प्रशासनले जनाएको छ ।  अस्पतालको ...

गल्ती गर्ने ट्राफिक प्रहरीमाथि कडा कार्वाही गर्ने चेतावनी access_timeसाउन ३, २०७६

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गल्ती गर्ने ट्राफिक प्रहरीमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । प्रहरी महानिरीक्षक खनालले ट्राफिक प्रहरीले गलत काम गरे तत्काल आफूलाई खवर गर्न पनि यातायात व्यवसायीलाई आग्रह गरे । शुक्रबार नेपाल यातायात व्यवसायी रा...

Page 1 of 1837