सुर्खेत । सांसहरूलाई बजेट दिन नहुने चर्चा भइरहे पनि कर्णालीमा भने यो प्रचलन यथावत् नै छ । आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा सांसदहरूलाई बजेट दिन आयोजना माग गरिएको छ । कर्णाली सरकारले आगामी आर्थिक वर्ष
झापा। पूर्वीनाका काँकडभिट्टाबाट विभिन्न देशका सात हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन्। साउनदेखि चैतसम्म...
बारा । राष्ट्रिय गौरवको आयोजना प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काँटगाउँमा मुआब्जा दिइसकिएको जग्गा खाली गराउन सकस देखिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको चारकिल्लाभित्र पर्ने काँटगाउँका ११२ घरधुरीमध्ये छिटफुटबाहेक अधिकांशले २०७४ सालदेखि मुआब्जाको...
विराटनगर । पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण कोशी प्रदेशमा सञ्चालित विकास आयोजनाहरू ठप्प भएका छन् । निर्माण लागत अस्वाभाविक रूपमा बढेपछि निर्माण व्यवसायी महासङ्घ कोशी प्रदेशले आइतबार विराटनगरमा...
नुवाकोट । ‘गल्छी–रसुवागढी सडक योजनाको कार्यालय’ मार्फत विस्तार भइरहेको सडकको पहुँच मार्गभित्रका अतिक्रमित संरचना हटाउन थालिएको छ। सडकको दायाँबायाँ १५–१५ मिटरभित्र पर्ने घरटहरासहित भौतिक संरचना हटाउन सूचना जारी गरिएको अवधिमा...
मकवानपुर । बागमती प्रदेश सभाको सभामुख चयनमा ढिलाइ भएको छ । राजनीतिक सौदाबाजीका करण सभामुख चयन प्रक्रिया पेचिलो बनेको हो । सभामुख चयनका लागि प्रदेश सभा सचिवालयले कार्यतालिकासमेत जारी गर्न...
बुटवल । उच्च अदालत बुटवलको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका घर–टहरा हटाउन डोजर चलाइएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले त्यहाँ रहेका टहरामा आज डोजर चलाएको हो । उपमहानगरपालिकाले हिजो साँझ...
धनगढी । सुदूरपश्चिम प्रदेशको प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नजिर मियाँलाई शनिबार भेट गरी बजेट अधिवेशनका लागि सिफारिस...
कञ्चनपुर । भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले ‘छोरीबुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम कार्यान्वयन गरेको छ । नगर क्षेत्रका जेहेन्दार, दलित, विपन्न वर्गका छोरीबुहारीलाई उच्च शिक्षा अध्ययनमा...
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपालको गौरव, राष्ट्रिय विभूति माता सीताको जन्मोत्सवलाई सरकारी क्यालेन्डरमा समावेश गरी सार्वजनिक बिदासहित राष्ट्रिय पर्वको रूपमा मनाउनुपर्ने माग सरकारसँग...
काठमाडौँ । गत भदौ २३ र २४ गतेको 'जेनजी' आन्दोलनपछि राजनीतिमा सो पुस्ताको आकर्षण बढ्दो क्रममा देखिन्छ । तर, सप्तरीको छिन्नमस्ता गाउँपालिकाको नेतृत्व भने सोही उमेर समूहका एक युवाले विगत...
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित लुम्बिनी कृषि उपज थोक बजार प्रालीमा ल्याइएका तरकारीहरू बिक्री हुन नसक्दा सडेर फाल्नुपरेको भन्दै किसानहरूले असन्तुष्टि जनाएका छन्। देशका विभिन्न जिल्लाबाट थोक बिक्रीका लागि ल्याइएका...
सर्लाही । सर्लाहीका विभिन्न सीमा नाकाबाट भारततर्फ तस्करी गरी पठाइएको चिनियाँ सामान भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । सखुअवा र संग्रामपुर नाका प्रयोग गरी भारत पुर्याइएको चिनियाँ लसुन र काँक्रोको...
धनगढी । सुदूरपश्चिमका विभिन्न जिल्लामा किसानले उत्पादन गरेको कृषि उपज सुरक्षित भण्डारणको अभावमा बर्सेनि नष्ट हुने समस्या छ । डडेलधुराको आलितालकी गंगा मगर वर्षौंदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएकी छन्...
कैलाली । घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी हुँदा एकजना मजदुरको मृत्यु भएको छ । सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार डडेल्धुराको आलीताल गाउँपालिका गाङ्खेतका...
काठमाडौँ । थापाथली स्थित बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू अटाउन प्रहरी परिचालन भएपछि त्यहाँ बाँकी रहेका सुकुमबासीहरु हताशमा देखिएका छन् । बिहान नै डोजर...
काठमाडौँ । थापाथली स्थित बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू आज बिहानैदेखि हटाउन सुरु गरिने भएको छ । नदीको प्राकृतिक बहावमा नकारात्मक असर परेको र...
काठमाडौँ । नेपालको मौसमी प्रणालीमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसकै कारण गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्नुका साथै केही स्थानमा वर्षा...
काठमाडौँ । सिन्धुलीको खुर्कोट स्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएका श्रीकृष्ण बिकको मृत्यु भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन गरिएको छ । आईजीपी दान बहादुर कार्कीले शुक्रबार ७...
काठमाडौँ । थापाथली सहित काठमाडौँका विभिन्न क्षेत्रमा रहेको सुकुमबासी बस्तीका स्थानीयको बसोबास व्यवस्थापनको तयारी थालिएको छ । सरकारले सुकुमबासी बस्तीमा डोजर चलाउने तयारी गरेसँगै काठमाडौँ महानगरपालिका, सहरी विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुकुमबासी बस्तीका स्थानीयलाई...
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडाैँले नदी किनारका सार्वजनिक तथा सरकारी पर्ती जग्गामा वर्षौंदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका व्यक्तिहरूलाई लक्षित गर्दै शुक्रबार अत्यन्त जरुरी सूचना जारी गरेको छ। सूचनामा...
काठमाडौँ । थापाथलीका सुकुमबासी नेता नारायण परियार (परिश्रमी) की श्रीमतीको नाममा काठमाडौंको शान्तिनगरमा सुविधासम्पन्न घर रहेको पाइएको छ । परियारकी श्रीमती शुभमाया परियार (कपाली) को नाममा शान्तिनगरस्थित जागृती टोलमा १६ कोठा...
मकवानपुर । बागमती प्रदेश सरकारले कर्मचारीहरूको कार्य सम्पादनलाई प्रभावकारी र गुनासारहित बनाउन विद्युतीय हाजिर अनिवार्य गरेको छ । आफ्ना मातहतका कर्मचारीहरूको अनुशासन र समयपालनालाई प्रभावकारी बनाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय...
बुटवल । पर्वत जिल्लाको पैयूँ गाउँपालिकामा २००६ सालमा जन्मिएका कलमबहादुर थापा अहिले बुटवल उपमहानगरपालिका–११, देवीनगरस्थित हात्तीसुढ नजिकै पक्की घरमा बसोबास गर्छन् । २०६० सालतिर तिनाउ नदी किनारको खाली जमिनमा सुकुमबासी...
सर्लाही । सर्लाही जिल्लामा सिँचाइका लागि जडान गरिएका ट्युबवेल र डीप बोरिङहरू अपेक्षित रूपमा सञ्चालनमा आउन नसक्दा किसानहरू अझै वर्षाको पानीमै निर्भर रहन बाध्य भएका छन् । सरकारी योजना अनुसार...
बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा सेजमा सुकुमबासीको नाममा अतिक्रमणमा परेको ५ सय बिघा सरकारी जग्गा खाली गर्न संघीय सरकारले निर्देशन दिएको छ । संघीय सरकार, उद्योग मन्त्रालय मातहतमा...
काठमाडौँ । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनाको निष्पक्ष छानबिनका लागि नेपाल प्रहरीले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रहरी महानिरीक्षक...
मकवानपुर । संघीय सरकारको निर्देशनसँगै काठमाडौँको थापाथली लगायतका स्थानमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी भइरहेको छ । शुक्रबार साँझसम्म सो क्षेत्र खाली गर्न स्थानीय प्रशासनको अल्टिमेटमपछि धमाधम सामान सार्ने...
पोखरा । काठमाडौँका सुकुमबासी बस्ती हटाउन सरकारले तयारी थालेसँगै कास्कीका सुकुमबासी बस्तीमा पनि हलचल सुरु भएको छ । वर्षौंदेखि कास्कीका विभिन्न स्थानमा सार्वजनिक जग्गा ओगटेर बसेका तर लालपुर्जा नभएका हजारौँ...
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा पूर्ण रूपमा भूमिहीन बनेका घरजग्गा धनीहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले आवश्यक पहल थालेको छ। महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै राजमार्गको दायाँ–बायाँ २५–२५ मिटर...
विराटनगर । काठमाडौँ महानगरपालिकासहित देशभरका विभिन्न स्थानीय तहमा अतिक्रमित जग्गा खाली गराउने अभियान तीव्र रूपमा चलिरहेको छ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले देशभरका पालिकालाई सर्कुलर जारी गरेर नदी...
पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आइपुगेका छन् । उनी बुद्ध एयरको जहाजमार्फत अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । शाह लेक साइडस्थित होटल सोल्टीमा बस्ने कार्यसूची छ । ज्ञानेन्द्रसँगै उनकी धर्मपत्नी...
जनकपुरधाम । जनकपुरधामस्थित गुठी संस्थान अन्तर्गतका जग्गाहरूको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले अतिक्रमण हटाउने लगायतका ८ महत्त्वपूर्ण निर्णयहरू पारित गरिएको छ । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन...
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिका सुर्खेतबिच छात्रवृत्ति सम्झौता भएको छ । सम्झौता अनुसार २ करोड २ लाख २ हजार २०० रुपैयाँ बराबरको अक्षयकोष स्थापना भएको छ । यसले...
जनकपुरधाम । सर्लाही सदरमुकाम मलङ्गवामा अवैध रूपमा सञ्चालन हुँदै आएका ११ वटा स्वास्थ्य संस्था शील गरिएको छ। दर्ता नगरी सञ्चालनमा रहेको तथा मापदण्ड उल्लङ्घन गरेको पाइएपछि अनुगमन टोलीले कारबाही गरेको...
जनकपुरधाम । मधेस प्रदेशमा यस वर्ष आँप उत्पादन अपेक्षाभन्दा कम हुने संकेत देखिएको छ । प्रारम्भिक चरणमा अत्यधिक फूल लागेकाले उत्पादन दोब्बर हुने अनुमान गरिए पनि वैशाखको सुरुवातमै आएको तीव्र...
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई...
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले वैशाख १२ गते बिहानदेखि काठमाडौँका ३ स्थानको सुकुमबासी बस्तीको टहरा भत्काउने निर्णय गरेको छ । बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले जिल्ला सुरक्षा...
काठमाडौँ । स्थानीय प्रशासनले काठमाडौँको सुकुमबासी बस्ती खाली गर्न माइकिङ गर्न थालेको छ । बिहीबार साँझबाट सूचना स्वरूप स्थानीय प्रशासनले माइकिङ गर्न थालेको हो । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को निर्देशनपछि...
काठमाडौँ । सार्वजनिक सवारीका परिचालकले मनपरी भाडा उठाउन थालेको गुनासो बढेको छ । गत चैत अन्तिम साता सङ्घीय र प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेपछि सवारीका परिचालकले मनपरी भाडा...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कलैया, बाराका निमित्त कार्यालय प्रमुख किशोरी प्रसाद यादवविरुद्ध गैर कानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको...