शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
गुल्सन झा

गुल्सन झा

नेपाल
  • Full Name: गुल्सन झा
  • Nationality: नेपाल
  • Date of Birth: 2006-02-17 (20 years)
  • Position: अलराउण्डर

नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी हुन्, गुल्सन झा । १९ वर्षीय गुल्सन दायाँहाते मध्यम फास्ट बलर हुन् । उनी टोलीलाई आवश्यक पर्दा आक्रामक रूपमा रन बनाउन पनि खप्पिस छन् । उनी ब्याटिङ भने बायाँ हातले गर्छन् । 

गुल्सनले राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र टी–२० अन्तर्राष्ट्रिय गरी दुवै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । उनले देशका लागि हालसम्म ४० वटा ओडीआई र ५१ वटा टी–२० आई खेलेका छन् । 

गुल्सनले ओडीआईको ३४ पारीमा २६.८८ को औसतले कुल ७२६ रन बनाएका छन्, यहाँ उनको स्ट्राइक रेट ७७.३९ छ । उनको उच्च स्कोर भने अविजित ६७ रन हो । उनले चार अर्धशतक बनाएका छन् भने ५० चौका र ३५ छक्का प्रहार गरेका छन् । यो ढाँचाको खेलहरूमा उनले ११ वटा क्याच पनि लिएका छन् ।

यसैगरी गुल्सनले टी–२० आईको ४० पारीमा २१.६८ को औसतले कुल ६२९ रन बनाएका छन् । टी–२० आईमा उनको स्ट्राइक रेट १४४.९३ छ भने उच्च स्कोर ५४ रन छ । यस ढाँचामा उनले ३३ चौका र ४६ वटा छक्का पनि हिर्काएका छन् । साथै १७ वटा क्याच पनि लिएका छन् । 

यसैगरी गुल्सनले ओडीआईमा ३४ विकेट लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ४७ रन खर्चिएर पाँच विकेट लिनु हो । टी–२० आईमा पनि उनले २९ विकेट लिएका छन्, यसमा उनको उत्कृष्ट प्रदर्शन ३१ रन खर्चिएर तीन विकेट लिनु हो । 

  • टी–२० अन्तर्राष्ट्रियमा डेब्यु

गुल्सन झाले सन् २०२२ को फेब्रुअरी १९ मा पहिलो टी–२० आई खेलेका थिए । ओमानमा खेलिएको फिलिपिन्सविरुद्ध आफ्नो पहिलो खेलमा उनले एक विकेट पनि लिएका थिए, त्यो खेलमा नेपाल एक सय ३६ रनले विजयी भएको थियो ।

यसैगरी उनको आफ्नो अन्तिम पटकको टी–२० आई (दुबईमा सम्पन्न) आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासेफिक छनोट हो । प्रतियोगितामा उनी उत्कृष्ट स्ट्राइक रेटमा रन बनाउने खेलाडी बनेका थिए, जहाँ उनले प्रतियोगिताका ९ खेलमा ९६ रन बनाएका थिए । साथै ६ विकेट पनि लिएका थिए । 

  • लिस्ट ‘ए’ र टी–२०

गुल्सनले हालसम्म ४३ वटा लिस्ट ‘ए’ प्रतियोगिता खेलेका छन् । लिस्ट ‘ए’ मा उनले ७८८ रन बनाएका छन् । यस ढाँचामा उनको उच्च स्कोर अविजित ६७ रन हो । उनले चार वटा अर्धशतक बनाएका छन् । उनले १३ वटा क्याच पनि लिएका छन् भने ३४ विकेट हात पारेका छन् ।

यसैगरी गुल्सनले हालसम्म ५७ वटा टी–२० प्रतियोगिता खेल्दा ७३९ रन बनाएका छन् । टी–२० प्रतियोगितामा उनको उच्च स्कोर भने ५४ रन हो भने १८ वटा क्याच पनि लिएका छन् । टी–२० प्रतियोगितामा उनले ३१ विकेट पनि लिएका छन् ।

  • पछिल्लो प्रदर्शन

गुल्सनले टी–२० विश्वकप यात्रामा निस्कनुअघि घरेलु मैदानमा सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेलेका थिए । कर्णाली याक्सबाट खेल्दै उनले प्रतियोगितामा बलिङतर्फ तीन विकेट लिँदा ब्याटिङतर्फ ११० रन बनाए । 

त्यसअघि उनको खेल दुबईमा सम्पन्न आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासेफिक छनोट हो । प्रतियोगिताअन्तर्गत उनी उत्कृष्ट स्ट्राइक रेटमा रन बनाउने खेलाडी हुन् । उनले प्रतियोगिताको ९६ रन बनाएका थिए, प्रतियोतिगामा उनले ६ विकेट पनि लिएका थिए ।

  • कीर्तिमान

गुल्सन सबैभन्दा कम उमेरमा ओडीआई खेल्ने विश्वकै तेस्रो ब्याट्सम्यान हुन् । उनले सन् २०२१ को सेप्टेम्बर १७ मा अमेरिकाविरुद्ध यस ढाँचामा डेब्यु गरेका थिए । त्यतिबेला उनी केवल १५ वर्ष २१२ दिन पुगेका थिए । उनीभन्दा अगाडि पाकिस्तानका हसन राजा १४ वर्ष २३३ दिन र बंगलादेशका मोहम्मद सरिफ १५ वर्ष ११६ दिनका थिए । 

यसैगरी उनी सबैभन्दा कम उमेरमा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गर्ने खेलाडीको सूचीमा ५२औँ स्थानमा छन् । टी–२० आईमा डेब्यु गर्दा गुल्सनको उमेर १६ वर्ष दुई दिन मात्र थियो ।

अन्य खेलाडी