शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
कुशल भुर्तेल

कुशल भुर्तेल

नेपाल
  • Full Name: कुशल भुर्तेल
  • Nationality: नेपाल
  • Date of Birth: 1997-01-22 (29 years)
  • Position: ब्याट्समेन

नेपाली टोलीका अलराउन्डर खेलाडी हुन्, कुशल भुर्तेल । २९ वर्षीय कुशल टोलीका अनुभवी खेलाडी हुन् । उनले देशका लागि एक सयभन्दा धरै वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । ब्याटिङसँगै उनी बलिङमा पनि उत्तिकै दक्खल राख्छन् ।

ओपनर ब्याट्सम्यान कुशलले हालसम्म ६५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र ७० वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । ओडीआईको ६४ पालीमा उनले २३.०७ को औसतमा कुल एक हजार ४५४ रन बनाएका छन् ।

ओडीआईमा उनको स्ट्राइकर रेट ८०.६४ छ । उनको उच्च स्कोर भने ११५ रन हो । यस क्रममा उनले एक शतक र नौ वटा अर्धशतक प्रहार गरिसकेका छन्, यस क्रममा उनले १५७ चौका र २९ वटा छक्का हिर्काएका छन् । उनले ४४ वटा क्याच पनि लिएका छन् ।

यसैगरी टी–२० आईको ६८ पालीमा उनले २९.१४ को औसतमा कुल एक हजार ८०७ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको स्ट्राइक रेट १२७.३४ छ । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर अविजित १०४ रन हो । 

टी–२० आईमा भने उनले एक शतक र १३ वटा अर्धशतक प्रहार गरेका छन् । उनले १७१ चौका र ७५ वटा छक्का हिकाउँदा ३९ वटा क्याच पनि लिएका छन् । 

त्यस्तै बलिङतर्फ ओडीआईमा १७ विकेट र टी–२० आईमा ३० विकेट लिन सफल भएका छन् । ओडीआईमा उनको उत्कृष्ट प्रदर्शन २० रन खर्चिएर चार विकेट र टी–२० आईमा १२ रन खर्चिएर चार विकेट हो ।

  • टी–२० अन्तर्राष्ट्रियमा डेब्यु

कुशलले सन् २०२१ को अप्रिल १७ मा कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सविरुद्ध टी–२० आई डेब्यु गरेका थिए । उक्त खेलमा नेपाल नौ विकेटले विजयी भएको थियो । 

टी–२० आईको आफ्नो अन्तिम खेल भने उनले दुबईमा भएको आईसीसी विश्वकप एसिया र इस्ट एसिया प्यासेफिकमा खेलेका थिए । उक्त प्रतियोगितामा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी बनेका थिए । कुशलले ६ खेलमा दुई अर्धशतकसहित २०७ रन बनाएका थिए । 

  • लिस्ट ‘ए’ र टी–२०

कुशलले ७४ वटा लिस्ट ‘ए’ प्रतियोगिता पनि खेलेका छन्, यसमा कुल १ हजार ६६८ रन बनाएका छन् । उनले एक शतक र १३ वटा अर्धशतक पनि बनाएका छन् । 

यस प्रतियोगितामा उनको उच्च स्कोर ११५ रन हो । उनले ४८ वटा क्याच पनि लिएका छन् । लिस्ट एमा उनले २३ विकेट पनि लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ४० रन दिएर ६ विकेट लिनु हो । 

यस्तै उनले हालसम्म ७९ वटा टी–२० क्रिकेट पनि खेलेका छन्, यसमा कुल एक हजार ९८१ रन बनाएका छन् । यो ढाँचामा उनको उच्च स्कोर अविजित एक सय चार रन हो । उनले एक शतक र १३ वटा अर्धशतक प्रहार गरेका छन् । 

टी–२० प्रतियोगितामा कुशलले ३७ विकेट लिँदा ४१ वटा क्याच पनि लिएका छन् बलिङतर्फ १२ रन खर्चिएर विकेट लिएका छन् । 

  • पछिल्लो प्रदर्शन

विश्वकप यात्रामा निस्कनुअघि घरेलु मैदानमा नेपाल प्रिमियर लिगको दोस्रो संस्करण खेला उनले पोखरा एभेन्जर्सका लागि ७ खेल खेल्दै १५६ रन बनाएका थिए । त्यस्तै बलिङतर्फ टिमका लागि पाँच विकेट लिन पनि सफल भएका थिए । 

त्यसअघि टी–२० आईको अन्तिम खेल उनले दुबईमा आईसीसी विश्वकप एसिया र इस्ट एसिया प्यासेफिक खेलेका थिए । त्यस प्रतियोगितामा उनी सर्वाधिक रन बनाउने दोस्रो खेलाडी बने । कुशलले ६ खेलमा दुई अर्धशतकसहित २०७ रन बनाए । 

  • कीर्तिमान

टी–२० आईमा एउटै स्टेडियममा सर्वाधिक रन बनाउने विश्वका ब्याट्सम्यानहरूको सूचीमा कुशल १५औँ स्थानमा छन् । उनले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कुल ६०९ रन बनाएका छन् । 

यसैगरी टी–२० आईको आफ्नो डेब्यु खेलमै सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा उनी ३९औँ स्थानमा छन् । कुशलले नेदरल्यान्ड्सविरुद्ध डेब्यु खेलमा ६२ रन बनाएका थिए ।

टी–२० आईमा पनि लगातार तीन पटक ‘डक आउट’ हुने ब्याट्सम्यानको सूचीमा उनी ३५औँ स्थानमा छन् । त्यस्तै यही ढाँचाका खेलमा एउटै पालीमा सर्वाधिक चौका हिर्काउने ब्याट्सम्यानको सूचीमा उनी ३५औँ स्थानमा पनि छन् । एकै पालीमा उनले १३ वटा चौका हिर्काएका छन् । यस ढाँचामा सबैभन्दा छिटो एक हजार रन पूरा गर्ने खेलाडीको सूचीमा भने उनी ३८औँ स्थानमा छन् । उनले ३५ खेलमा हजार रन पूरा गरेका थिए ।   

त्यस्तै टी–२० आईको एकै पालीमा सर्वाधिक क्याच लिने खेलाडीको सूचीमा उनी १९औँ स्थानमा छन्, एकै पालीमा चार वटा क्याच लिएका छन् । 

ओडीआई ढाँचामा ९९ रनमा आउट हुने ब्याट्सम्यानको सूचीमा कुशल विश्वका अन्य खेलाडीसँगै संयुक्त रूपमा पहिलो स्थानमा छन् । सन् २०२३ को जुन १८ मा जिम्बाबेविरुद्ध उनी शतकमा एक रनले चुकेका थिए । 

अन्य खेलाडी