नेपाल
नेपाली राष्ट्रिय टोलीका मध्यक्रमका ब्याट्सम्यान हुन्, सन्दीप जोरा । २४ वर्षीय सन्दीप जोराले देशका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी दुवै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् ।
सन्दीप जोराले राष्ट्रिय टोलीबाट पाँचवटा एकदिवसीय अन्तर्राष्ट्रिय र ३८ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियको पाँच पालीमा ११.२० को औसतले कुल ५६ रन बनाएका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट ८३.५८ छ भने उच्च स्कोर भने २८ रन हो । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले पाँच चौका र दुई छक्का प्रहार गरेका छन्, उनले एउटा क्याच पनि लिएका छन् ।
यसैगरी सन्दीपले टी–२० आईको ३२ पारीमा १८.८० को औसतले कुल ४८९ रन बनाएका छन्, यहाँ उनको स्ट्राइक रेट १२०.१४ छ । उनको उच्च स्कोर भने ६६ रन हो ।
टी–२० आईमा उनले चार वटा अर्धशतक प्रहार गरेका छन्, यस क्रममा उनले २६ चौका र २२ वटा छक्का पनि हिर्काएका छन् । यसका अतिरिक्त उनले टी–२० आईमा १७ वटा क्याच पनि लिएका छन् ।
सन्दीपले सन् २०१९ को जनवरी ३१ मा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका थिए । दुबईमा यूएईविरुद्ध खेल उनको जीवनको पहिलो टी–२० अन्तर्राष्ट्रिय सहभागिता थियो ।
आफ्नो पहिलो खेलमै उनले अर्धशतक बनाएका थिए । त्यो खेलमा पाँचौँ नम्बरमा क्रिज समाल्न आएका सन्दीपले ४६ बलको सामना गरी एक छक्का र तीन चौकाको मद्दतले अविजित ५३ रन बनाएका थिए । यद्यपि, त्यो खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।
यसैगरी सन्दीपले आफ्नो अन्तिम पटक टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता दुबईमा आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासेफिकमा कतारसँग खेलेका थिए । उनले उक्त खेलमा मात्र १ रन बनाएका थिए ।
सन्दीप जोराले हालसम्म सातवटा लिस्ट ‘ए’ प्रतियोगिता खेलेका छन् । यस क्रममा उनले कुल ८० रन बनाएका छन् । लिस्ट ‘ए’ प्रतियोगितामा उनको उच्च स्कोर २८ रन हो, उनले चार वटा क्याच पनि लिएका छन् ।
यसैगरी सन्दीपले ४२ वटा टी–२० प्रतियोगिता पनि खेलेका छन्, यसको ३५ पारीमा उनले कुल ५६५ रन बनाएका छन् । टी–२० प्रतियोगितामा उनको उच्च स्कोर ६६ रन हो, जहाँ उनले चारवटा अर्धशतक प्रहार गरेका छन् र २१ वटा क्याच पनि लिएका छन् ।
सन्दीपले दुबईमा आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासेफिकमा कतारसँग खेलेका थिए । उनले आफ्नो अन्तिम टी–२० अन्तर्राष्ट्रियमा मात्र १ रन बनाएका थिए ।
त्यसपछि उनले घरेलु मैदानमा नै भएको नेपाल प्रिमियर लिग (एनपीएल) खेलेका थिए, उनी आबद्ध लुम्बिनी लायन्सले उपाधि जितेको थियो । प्रतियोगितामा उनले १० खेलमा ११५ रन बनाएका थिए । उनको यसै प्रदर्शनका कारण हाल उनी राष्ट्रिय टोलीमा आबद्ध हुन सफल भएका हुन् ।
सन्दीप टी–२० अन्तराष्ट्रिय क्रिकेटको एउटै शृंखलामा परिवर्तित खेलाडीका रूपमा मैदान प्रवेश गरेर एकै पालीमा सर्वाधिक क्याच लिने फिल्डरको सूचीमा २३औँ स्थानमा छन् । उनले सन् २०२४ को मार्च १ मा कीर्तिपुरमा खेलिएको नामिबियाविरुद्धको खेलमा परिवर्तित खेलाडीका रूपमा फिल्डिङ गर्न ओर्लिएर दुई वटा क्याच लिएका थिए ।
यसैगरी उनले सोही त्रिकोणात्मक शृङ्खलाअन्तर्गत मार्च ५ मा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि परिवर्तित खेलाडीका रूपमा फिल्डिङ गर्दै दुई वटा क्याच लिएका थिए ।
यसका अतिरिक्त सन्दीप ओडीआईमा सबैभन्दा कम उमेरमा डेब्यु गर्ने खेलाडीको सूचीमा पनि ३४औँ स्थानमा छन्, त्यसबेला उनको उमेर १७ वर्ष एक सय दिन थियो । उनले सन् २०१९ को जनवरी २८ मा दुबईमा यूएईविरुद्ध खेल्दै यस ढाँचामा डेब्यु गरेका थिए ।