शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
करन केसी

करन केसी

नेपाल
  • Full Name: करन केसी
  • Nationality: नेपाल
  • Date of Birth: 1991-10-10 (34 years)
  • Position: अलराउण्डर

करन केसी नेपारी राष्ट्रिय टोलीका निकै अनुभवी खेलाडी हुन् । ३४ वर्षीय यी अलराउन्डरले देशका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र टी–२० अन्तर्राष्ट्रिय गरी दुवै ढाँचाको प्रतियोगितामा लोभलाग्दो प्रदर्शन गर्दै आएका छन् । 

करन देशका लागि एक सयभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडी हुन् । उनले हालसम्म ६५ वटा ओडीआई र ८५ वटा टी–२० आई खेलिसकेका छन् । उनले ओडीआईमा ४८ पारी खेल्दै १६.५५ को औसतले कुल ६२९ रन बनाएका छन् । ओडीआईमा उनको स्ट्राइक रेट ९३.८८ छ भने उच्च स्कोर ६५ रन हो । उनले ४६ चौका र ३२ वटा छक्का पनि प्रहार गरेका छन् । करनले यस ढाँचामा १२ वटा क्याच पनि लिएका छन् । 

यसैगरी उनले टी–२० आईको ४८ पारीमा १४.१८ को औसतले कुल ४६८ रन बनाएका छन् । टी–२० आईमा उनको स्ट्राइक रेट १५१.४५ छ भने उच्च स्कोर ४५ रन, यसमा २१ चौका र ३९ छक्का पनि समावेश छन् । साथै उनले २७ वटा क्याच पनि लिएका छन् ।

करणले ओडीआईमा ९१ विकेट लिएका छन्, उत्कृष्ट प्रदर्शन भनेको ३३ रन खर्चिएर पाँच विकेट लिनु हो । यस ढाँचामा उनले तीन पटक पाँच विकेट र पाँच पटक चार विकेट लिएका छन् ।

प्रभावशाली तीव्र गतिका बलर करनले टी–२० आईमा १०६ विकेट लिएका छन्, जहाँ उनको उत्कृष्ट प्रदर्शन भनेको २१ रन खर्चिएर पाँच विकेट लिनु हो । उनले एक पटक पाँच विकेट र तीन पटक चार विकेट लिएका छन् ।

  • टी–२० अन्तर्राष्ट्रियमा डेब्यु

करनले सन २०१५ को जुन ३० मा पहिलो टी–२० आई खेलेका थिए । आम्सटलभिनमा खेलिएको नेदरल्यान्डसविरुद्धको उक्त खेलमा उनले एक विकेट पनि लिएका थिए । उक्त खेलमा नेपाल १८ रनले पराजित भएको थियो । 

यसैगरी करनले सामोआविरुद्ध आईसीसी विश्वकप छनोट एसिया र इस्ट एसिया प्यासेफिकअन्तर्गत अन्तिम टी–२० आई खेलेका थिए । उक्त प्रतियोगितामा उनले एक खेलमा मात्र मौका पाए । 

जसमा उनले एक विकेट लिएका थिए । 

  • प्रथम श्रेणी, लिस्ट ‘ए’ र टी–२०

करन केसीले हालसम्म एउटा मात्र प्रथम श्रेणीको क्रिकेट खेलेका छन् । त्यसमा उनले २० रन बनाएका थिए । प्रथम श्रेणीको क्रिकेटमा उनले एउटा छक्का र एउटा चौका हिर्काएका छन् भने एउटा क्याच पनि लिएका छन् । 

करनले लिस्ट ‘ए’ क्रिकेटमा भने ६ विकेट पनि लिएका छन् ।

यसैगरी उनले हालसम्म ९० वटा लिस्ट ‘ए’ प्रतियोगिता खेलेका छन् । यस ढाँचामा उनले कुल ७७४ रन बनाएका छन् । यो प्रतियोगितामा उनको उच्च स्कोर अविजित ६५ रन हो । उनले १२१ वटा विकेट पनि लिएका छन् । 

यसैगरी करनले हालसम्म ९३ वटा टी–२० प्रतियोगिता पनि खेलिसकेका छन् । टी–२० प्रतियोगितामा उनले ५०० रन बनाएका छन् । उनको उच्च स्कोर भने ४५ रन हो । टी–२० प्रतियोगितामा उनले १११ विकेट पनि लिएका छन् । 

  • पछिल्लो प्रदर्शन

करनले टी–२० विश्वकप यात्रामा होमिनुअघि नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण खेलेका थिए । उनले उक्त प्रतियोगितामा १३ वटा विकेट लिएका थिए । काठमान्डु गोर्खाजलाई इलिमिनेटरमा पुर्‍याउन उनको महत्त्वपूर्ण योगदान थियो । 

त्यसअघि उनले दुबईमा सम्पन्न आईसीसी विश्वकप छनोट एसिया र इस्ट एसिया प्यासेफिकमा सहभागिता जनाएका थिए । उनको अन्तिम टी–२० अन्तर्राष्ट्रियमा अन्तिम खेल सामोआविरुद्ध हो । 

  • कीर्तिमान

करन टी–२० आईमा आठौँ नम्बरमा ब्याटिङ गर्न आएर सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा ४६औँ स्थानमा छन् । उनले सन् २०१९ को डिसेम्बर ६ मा कीर्तिपुरमा भएको माल्दिभ्सविरुद्धको खेलमा अविजित ४० रन बनाएका थिए । 

यसैगरी उनी टी–२० आईमा उच्च स्ट्राइक रेटमा रन बनाउने ब्याट्सम्यानको सूचीमा ५३औँ स्थानमा छन्, उनको स्ट्राइक रेट १५१.६३ छ । टी–२० आईको एउटै पारीमा उच्च स्ट्राइक रेटमा रन बनाउने ब्याट्सम्यानको सूचीमा भने उनी ३१ औँ स्थानमा छन् ।

यसैगरी टी–२० आईमा सर्वाधिक विकेट लिने बलरको सूचीमा उनी २१औँ स्थानमा छन् । उनले हालसम्म ९० विकेट लिएका छन् । एकै वर्ष सर्वाधिक विकेट लिने बलरको सूचीमा भने उनी २२औँ स्थानमा छन्, उनले एक वर्षमा २८ विकेट लिएका थिए ।

यसैगरी टी–२० आईमा एउटै स्टेडियममा सर्वाधिक विकेट लिने बलरको सूचीमा उनी २६औँ स्थानमा छन् । यसैगरी यो ढाँचामा एक पारीमा सबैभन्दा बढी (चार) विकेट लिने बलरको सूचीमा पनि उनी ३८औँ स्थानमा छन्, उनले हालसम्म चारपटक चार विकेट लिएका छन् । 

अन्य खेलाडी