सबैलाई मान्य हुने गरी प्रदेश राजधानीको घोषणा गरिन्छ: मुख्यमन्त्री पोखरेल
बुटवल– प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानी सवैलाई मान्य हुने मनोविज्ञान तयार गरी घोषणा गर्ने बताएका छन् । आज अर्घाखाँचीमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोखरेले सबैलाई मान्य हुने मनोविज्ञान तयारी गरी यहि बर्षभित्र राजधानी घोषणा गर्ने बताएका हुन् ।
उनले अहिले प्रदेशसभामा गठन गरेको समितिले र विज्ञहरुको टिमले राजधानीको नामाकरण, स्थानको बिषयमा काम गरिहेको बताउँदै त्यो समितिबाट आएको सुझाव एकिकृत गरी यो बर्षभित्र प्रदेश राजधानी घोषणा गर्ने बताए । उनले भने, ‘तर त्यो सबैलाई मान्य हुने मनोविज्ञान तयारी पारेर बल्ल प्रदेशसभा प्रस्तुत गरिन्छ । त्यो काम यहि बर्ष नै हुन्छ ।’ मुख्यमन्त्री पोखरेलले शुरुदेखि हतारमा निर्णय गरेर विरोधको भूमरीमा नपर्ने बताउँदै आएका छन् ।
उनले अहिले संघियताको बिषयमा गतल टिप्पणी हुँदै आएको बताउँदै एक बर्षमा प्रदेश सरकारले गरेका राम्रा कामको नजिताले जनतामा उत्साह आउने बताए । उनले पत्रकार सम्मेलनमा संघीयताले राज्यको खर्च बृद्धि गरेको तर नागरिकको खर्चमा बचत गरेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण