जनकपुरको जानकी मन्दिरमा बम राखिएको हल्ला चलेपछि...
जनकपुर– धार्मिक धरोहरको रुपमा रहेको जनकपुरको जानकी मन्दिरमा बम राखिएको हल्ला फैलिएपछि करिब एक घन्टादेखि मन्दिर खालि गराइएको छ ।
प्रहरीको बाक्लो उपस्थितिमा मन्दिर भित्रबाट पुजारी र मन्दिरको प्राङ्गणमा व्यापारी व्यवसायी र श्रद्धालु भक्तजनहरुलाई समेत मन्दिर परिसरबाट हटाइएको छ । मन्दिर स्रोतका अनुसार प्रहरीलाई मन्दिरमा बम रहेको भनी कसैले फोन गरेपछि एकाएक मन्दिर नै खाली गराई खोजी कार्य जारी रहेको बताइएको छ ।
यता प्रहरीले केही आधुनिक यन्त्र लिएर समेत खोजी कार्य जारी राखेको एक प्रहरीले बताए । तर यसबारे प्रहरीले भने हालसम्म पुष्टि गरेको छैन ।
यद्यपि, प्रदेश नम्बर २ का प्रदेश प्रहरी प्रमुख प्रध्युम्न कार्कीले जानकी मन्दिरमा कसैले बमको हल्ला फैलाएको र प्रहरीले खोजी गर्दा केही पनि नभेटेको बताए । बमको हल्ला चलेको भने उनले पुष्टि गरे । बम खोज्नका लागि प्रहरीले दुईवटा प्रशिक्षित कुकुर र आधुनिक यन्त्र लिएर करिब २ घन्टा सम्म खोजी कार्य गरेको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण