पाकिस्तानमा बस दुर्घटना, २६ को मृत्यु, १२ जना घाइते
आइतबार, ०५ असोज २०७६, १३ : ४८
गिल्गिट– पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको सो दुर्घटनाका कारण अरु १२ जना घाइते पनि भएको स्थानीय प्रहरीले जनाएको छ ।
मृत्यु भएका र घाइते भएका मध्ये अधिकांश बालबालिका र महिला रहेको गिल्गिट बल्तिस्तान सरकारका प्रवक्ता फजुल्लाह फराकले जानकारी दिए । स्कार्दुदेखि रावलपिण्डीतर्फ जाँदै गरेका बेला बस दुर्घटना भएको हो । घाइतेमध्ये अधिकांश गिल्गिट बल्तिस्तानका रहेका छन् । घटनाका बारेमा अनुसन्धान प्रक्रिया सुरु भइसकेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ । –एएनआई /photo: www.thenews.com.pk
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण