मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौं : उपराष्ट्रपति पुन
काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि खवरदारी गर्न सञ्चारमाध्यामहरुलाई पनि आग्रह गरेका छन् । उपराष्ट्रपति पुनले नागरिक अधिकारको रक्षा गर्ने दायित्व पनि सञ्चारमाध्यामहरुले पूरा गर्न सक्ने पनि स्मरण गराए । मंगलबार काठमाडांैंमा आयोजित ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ समारोहलाई सम्बोधन गर्दै उनले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको उपभोग गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण तथा ‘समृद्धि नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गर्न महत्वपूर्ण योगदान पु¥याउन पनि सञ्चार क्षेत्रले उल्लेखनीय योगदान पु¥याउनुपर्नेमा जोड दिए । उपराष्ट्रपति पुनले त्यस अवसरमा नेपालका सञ्चार क्षेत्रले मुलुकको राजनीतिक परिवर्तन तथा आर्थिक–सामाजिक रुपान्तरणको क्षेत्रमा खेल्दै आएको भूमिकाको पनि खुलेर प्रशंशा गरे ।
कार्यक्रममा नेपाल टेलिभिजनका पत्रकार नेत्र पौडेललाई २५,५०० नगदसहितको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारितन पुरस्कार–२०७६’ बाट सम्मान गरिएको थियो । नेपाल टेलिभिजन, नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले २०६३ साल असोज ७ गते आजकै दिन ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका नेपाल टेलिभिजनमा कार्यरत पत्रकारद्धय हेमराज भण्डारी र सुनिलकुमार सिंहको स्मृतिमा सो पुरस्कार स्थापना गरेको हो । सो दुर्घटनामा परी भूगोलविद् हर्क गुरुङसहित प्रकृति संरक्षणको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरुलाई मुलुकले गुमाउनु परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण