पाल्पामा जंगली च्याउ खाँदा ५ जना बिरामी
बुटवल– पाल्पामा जंगली च्याउ खाँदा ५ जना बिरामी भएका छन् । बिरामी हुनेमा रामपुर नगरपालिका–४ खप्टारका ३९ वर्षीय तुलबहादुर मल्ल, ५३ वर्षीय ठगबहादुर खाँण, १४ वर्षीय अनुप थापा, ३४ वर्षीया केसरी मल्ल, ११ वर्षीय शंकर खाँण रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए ।
पाल्पामा उपचार हुन नसेकपछि उनीहरुको बुटवलको सिद्धबाबा हस्पिटलमा उपचार भइरहेको छ । बिरामीमध्ये ३ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ । यद्यपि, उनीहरुको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । २ जनाको भने अवस्था सामान्य छ ।
घर नजिकै रहेको जंगलबाट ल्याएको च्याउ उनीहरुले मंगलबार राती तरकारीको रुपमा खाएका थिए । शुरुमा बिरामी भएकालाई प्रवासमा उपचार गर्न ल्याएको थियो त्यहाँ उपचार नभएपछि बुटवल ल्याएको हो । बर्षाको बेला ग्रामिण क्षेत्रमा जंगली च्याउ खाँदा बिरामी हुने र कतिपय अवस्था मृत्युसमेत भएका घटनाहरु विगतमा पनि हुने गरेका छन् । पाल्पामा गतसाल पनि च्याउ खाएका कारण केही व्यक्ति बिरामी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण