इजिप्टमा एक हजार प्रदर्शनकारी पक्राउ
एजेन्सी- इजिप्टमा भएको प्रदर्शनबाट एक हजारभन्दा बढी प्रदर्शनकारीलाई अधिकारीहरूले पक्राउ गरेका छन् । अधिकारवादी दुई समूहले दिएको जानकारी अनुसार राष्ट्रपति अब्देल फताह अल सिसिको बहिर्गमनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरूलाई पक्राउ गरिएको हो ।
दुवै संस्थाले पक्राउ परेकाहरूको एकिन तथ्याङ्क भने फरक फरक दिएका छन् । इजिप्टीयन सेन्टर फर फ्रिडमस् एण्ड राइट्सले एक हजार तीन जना पक्राउ परेको जनाएको छ भने इजिप्टीयन सेन्टर फर इकोनोमिक एण्ड सोसियल राइट्सले एक हजार २९८ जना पक्राउ परेको उल्लेख गरेको छ ।
कायरो विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक हाजेम होन्सीलाई मङ्गलबार राति घरबाटै पक्राउ गरिएको छ ।
उनले निर्वाचनको बेलामा बर्तमान राष्ट्रपतिको विपक्षमा अभिमत राखेका थिए भने अहिले पनि सामाजिक सञ्जाल मार्फत राष्ट्रपतिको आलोचना गर्दै आएका थिए ।
अरू पनि धेरै पेशा, व्यवसायमा संलग्न तथा बौद्धिक क्षेत्रका व्यक्तिहरूलाई पक्राउ गरिएको ती अधिकारवादी संस्थाहरूले जनाएका छन् । photo: Reuters
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण