इजिप्टमा एक हजार प्रदर्शनकारी पक्राउ

एजेन्सी- इजिप्टमा भएको प्रदर्शनबाट एक हजारभन्दा बढी प्रदर्शनकारीलाई अधिकारीहरूले पक्राउ गरेका छन् । अधिकारवादी दुई समूहले दिएको जानकारी अनुसार राष्ट्रपति अब्देल फताह अल सिसिको बहिर्गमनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरूलाई पक्राउ गरिएको हो ।
दुवै संस्थाले पक्राउ परेकाहरूको एकिन तथ्याङ्क भने फरक फरक दिएका छन् । इजिप्टीयन सेन्टर फर फ्रिडमस् एण्ड राइट्सले एक हजार तीन जना पक्राउ परेको जनाएको छ भने इजिप्टीयन सेन्टर फर इकोनोमिक एण्ड सोसियल राइट्सले एक हजार २९८ जना पक्राउ परेको उल्लेख गरेको छ ।
कायरो विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक हाजेम होन्सीलाई मङ्गलबार राति घरबाटै पक्राउ गरिएको छ ।
उनले निर्वाचनको बेलामा बर्तमान राष्ट्रपतिको विपक्षमा अभिमत राखेका थिए भने अहिले पनि सामाजिक सञ्जाल मार्फत राष्ट्रपतिको आलोचना गर्दै आएका थिए ।
अरू पनि धेरै पेशा, व्यवसायमा संलग्न तथा बौद्धिक क्षेत्रका व्यक्तिहरूलाई पक्राउ गरिएको ती अधिकारवादी संस्थाहरूले जनाएका छन् । photo: Reuters
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेयर–उपमेयर ‘टकराब’ : सुनिताको प्रतिरोध एकपछि अर्को किन ?
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको न्यायिक छानबिन आवश्यक छ : महासचिव गुरुङ
-
३४ अंकले घट्दा कारोबारमा सुधार, यी दुई कारणले सेयर बजार ‘साइडवेज’मै
-
परोपकार पुलमुनीको हत्या घटनामा संलग्न आरोपमा आशिष श्रेष्ठ पक्राउ
-
छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने
-
चिकित्सकलाई भत्ता दिने निर्णय नमाने मेडिकल कलेजको सम्वन्धन खारेज हुनसक्छ : स्वास्थ्यमन्त्री