ट्रम्पले सोधे – के छ नेपालको खबर ?
बिहीबार, ०९ असोज २०७६, ०६ : १९
अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले नेपालको पछिल्लो अवस्थाबरो चासो व्यक्त गरेका छन् । राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा राखेका हुन् ।
रात्रिभोजमा सरिक हुने क्रममा स्वागत गर्दै तस्बिर खिच्ने समयसम्म आपसी कुराकानी हुन्छ । प्रधानमन्त्री केपी ओली सहभागी नभएका कारण ज्ञवालीले ट्रम्पलाई भेट्न पाएका हुन् ।
रात्रिभोजमा ट्रम्पलाई भेटेपछि प्रशन्न मुद्रामा देखिएका ज्ञवालीले भने, ‘भेट निकै संक्षिप्त थियो, उहाँले नेपालको स्थितिबारे जिज्ञासा राख्नुभयो, मैले अलिकति अवस्था बताए, उहाँले आपसी सहयोग र सहकार्यमा अमेरिका तत्पररहेको सुनाउनुभयो ।’ यो समाचार अन्नपूर्ण पोष्ट्मा अनिल अधिकारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण