नेयमारको निर्णायक गोल
आइतबार, १२ असोज २०७६, ०९ : २८
स्टार स्ट्राईकर नेयमारको गोल सहयोगमा साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानमा कठिन जित निकालेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले बोर्डअक्सलाई १–० गोलले हरायो । पीएसजीका लागि नेयमारले ७०औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । सुरुवातदेखि नै आक्रामक खेल खेलेको पीएसजीलाई गोलको लागि दोस्रो हाफसम्म कुर्नुपरेको थियो ।
नेपालको गोलपछि दुवै टोलीबाट थप गोल नहुँदा पीएसजीले बाजी मार्यो । जितसँगै पीएसजी लिग वानको शीर्षस्थानमा उक्लिएको छ । पीएसजीले आठ खेलमा १८ अंक बनाएको छ ।
१२ अंक बनाएको बोर्डुअक्स पाँचौं स्थानमा छ । अर्को खेलमा दोस्रो स्थानको एन्जर्सले एमिन्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । एन्जर्सले आठ खेलबाट १६ अंक बनाएको छ । आठ अंक बनाएको एमिन्स १५औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण