प्रमोद खरेलको ‘ज्यानमाया’ बजारमा

काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’का कोच एवं गायक प्रमोद खरेललको नयाँ गीत ‘ज्यानमाया’ बजारमा आएको छ ।
म्युजिक भिडियो सहित सार्वजनिक गरिएको ‘ज्यानमाया’मा अञ्जली अधिकारी प्रमोदकी ‘ज्यानमाया’ बनेकी छन् ।
दसैंको पुर्वसन्ध्यामा सार्वजनिक भएको यस गीतले दसैंको माहोललाई रमाइलो र बिशेष बनाउने विश्वास गायक खरेलको छ ।
लोकाधुनिक शैलीको यो गीत उनका अघिल्ला गीतहरू जस्तै नाच्ने नचाउने डान्सिङ प्याटर्नको गीत हो । चाडबाडमा नाच्ने गाउने माहोल हुने भएकोले यस्ता गीतहरूको माग बढी हुने गायक खरेल बताउँछन् ।
‘ज्यानमाया’मा शब्दसँगै संगीत पनि नृपेश उप्रेतीको रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका हुन् ।
ज्यानमायाको म्युजिक भिडियोमा अञ्जली अधिकारीको साथमा हिमांशु कार्की पनि देखिएका छन् । पछिल्लो समय अन्जलीको चर्चा ‘गलबन्दी’ गीतमा कारण निकै चुलिएको छ भने हिमांशु टिकटक स्टार हुन् ।
म्युजिक भिडियोको अन्त्यमा स्वयं गायक प्रमोद खरेल पनि देखिएका छन् ।
प्रविण थापाको निर्देशनमा बनेको ‘ज्यानमाया’को भिडियोलाई, बासु बरालको छायांकन गरेका हुन् भने शक्ति प्रज्वल घिमिरेले सम्पादन र कलरिङ ।
खुसी इन्टरटेनमेन्टको प्रस्तुति ‘ज्यानमाया’ ह्वाइट मिडियाले निर्माण तथा उत्पादन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशन
-
कुलिङ पिरियड निजामतीलाई मात्र होइन, सबैका लागि राख्नुपर्छ - भवानी दाहाल
-
जेठ १५ गते पूर्व राजालाई घरमै सिंहासन बनाएर राखे हुन्छ : प्रधानमन्त्री
-
प्रतिगमनकाे कुचेष्टा रोक्ने अभियानको अग्रभागमा एमाले रहन्छ : प्रधानमन्त्री
-
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव सहितको मृत्यु घटनाको भर्त्सना
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने