प्रमोद खरेलको ‘ज्यानमाया’ बजारमा
काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’का कोच एवं गायक प्रमोद खरेललको नयाँ गीत ‘ज्यानमाया’ बजारमा आएको छ ।
म्युजिक भिडियो सहित सार्वजनिक गरिएको ‘ज्यानमाया’मा अञ्जली अधिकारी प्रमोदकी ‘ज्यानमाया’ बनेकी छन् ।
दसैंको पुर्वसन्ध्यामा सार्वजनिक भएको यस गीतले दसैंको माहोललाई रमाइलो र बिशेष बनाउने विश्वास गायक खरेलको छ ।
लोकाधुनिक शैलीको यो गीत उनका अघिल्ला गीतहरू जस्तै नाच्ने नचाउने डान्सिङ प्याटर्नको गीत हो । चाडबाडमा नाच्ने गाउने माहोल हुने भएकोले यस्ता गीतहरूको माग बढी हुने गायक खरेल बताउँछन् ।
‘ज्यानमाया’मा शब्दसँगै संगीत पनि नृपेश उप्रेतीको रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका हुन् ।
ज्यानमायाको म्युजिक भिडियोमा अञ्जली अधिकारीको साथमा हिमांशु कार्की पनि देखिएका छन् । पछिल्लो समय अन्जलीको चर्चा ‘गलबन्दी’ गीतमा कारण निकै चुलिएको छ भने हिमांशु टिकटक स्टार हुन् ।
म्युजिक भिडियोको अन्त्यमा स्वयं गायक प्रमोद खरेल पनि देखिएका छन् ।
प्रविण थापाको निर्देशनमा बनेको ‘ज्यानमाया’को भिडियोलाई, बासु बरालको छायांकन गरेका हुन् भने शक्ति प्रज्वल घिमिरेले सम्पादन र कलरिङ ।
खुसी इन्टरटेनमेन्टको प्रस्तुति ‘ज्यानमाया’ ह्वाइट मिडियाले निर्माण तथा उत्पादन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण