रुपन्देहीमा विषालु च्याउ खाँदा ९ जना बिरामी
बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा विषालु च्याउ खाँदा ९ जना बिरामी परेका छन्
घरनजिकै रहेको बाँसघारीमा उम्रेको च्याउ खाँदा उनीहरु बिरामी भएका हुन ।
विरामी हुनेमा जिल्लाको सम्मरीमाई गाउँपालिकाका बार्ड नम्बर ६ का १८ वर्षीया सीमा यादव, ४० वर्षीया गीता यादव, ३३ वर्षीया मन्जु यादव, १० वर्षीय आशिष यादव, ५० वर्षीया चन्द्रमती यादव, १४ वर्षीया रोमा यादव, ७३ वर्षीय रामपुजन यादव, ४० वर्षीया इश्रावती यादव र ७ वर्षीया रोशनी यादव रहेका छन् ।
बुधबार राति च्याउ पकाएर खाएपछि बान्ता हुने, पेट दुख्ने जस्ता लक्षण देखिएपछि १२ बजे राति नै उनीहरु अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकव भीम अस्पतालका भैरहवाका सुपरिटेण्डेण्ट डा. नविन दर्नालले बताए । विरामीहरुको स्वास्थ्य अवस्था अहिले सामान्य बन्दै गएको छ । दुई हप्ता पाल्पामा पनि जगली च्याउ एक दर्जन बिरामी परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण