सिन्धुपाल्चोक दुर्घटना : ३९ सिट क्षमताको गाडीमा ८० बढी यात्रु !
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपामा दुर्घटनामा परेको बसमा ८० जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ ।
सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा पर्दा ११ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
३९ सिट क्षमता भएको बसमा ८० भन्दा बढी यात्रु रहेको प्रारम्भिक जानकारी आएको काभ्रे प्रहरीले जनाएको छ ।
काभ्रे प्रहरी प्रमुख एसपी जयराज सापकोटाका अनुसार यतिबेला धुलिखेल अस्पतालमा ४५ जना यात्रुको उपचार भइरहेको छ भने शिर मेमोरियल अस्पतालमा १६ जनाको उपचार भइरहेको छ । धुलिखेल अस्पतालबाट २ जना बिरामीलाई न्युरो अस्पतालमा रिफर गरिएको छ । त्यसैगरी काठमाडौँको ट्रमा सेन्टरमा १३ जनाको उपचार भइरहेको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार ५ पुरुष, ४ महिला र २ बालबालिकाको मृत्यु भएको पुष्टी भएको छ । यद्यपि मृतक सबैको पहिचान खुलिसकेको छैन । घाइतेहरुको उपचार जारी रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
बसमा क्षमताभन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको हुनसक्ने घटनास्थलमा रहेको सिन्धुपाल्चोकका प्रहरी निरीक्षकले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण