शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सीता एयरको विमानको पङ्खामा चरा छिरेपछि...

शनिबार, २५ असोज २०७६, १० : ५१
शनिबार, २५ असोज २०७६

काठमाडौं । शनिबार बिहान रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको सीता एयरको टुइनअटर विमानको पङ्खामा चरा छिरेपछि आकस्मिक अवतरण गरिएको छ । 

विमानको पङ्खामा चरा छिरेको थाहा पाएपछि पाइलटले विमान पुनः मन्थली एयरपोर्टमै सकुशल अवतरण गरेका जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी सन्तोष भट्टराईले बताए । 

डीएसपी भट्टराईका अनुसार सीता एयरको ‘९ एन–आई–इ’ विमानको पङ्खामा चरा छिरेको हो । 

विमानमा १३ जना यात्रु र चालक दलका तीनजना सदस्य रहेको डीएसपी भट्टराईले रातोपाटीलाई जानकारी दिए । 

विमान आकस्मिक अवतरण गरेसँगै ठूलो दुर्घटना टरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप