सीता एयरको विमानको पङ्खामा चरा छिरेपछि...
शनिबार, २५ असोज २०७६, १० : ५१
काठमाडौं । शनिबार बिहान रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको सीता एयरको टुइनअटर विमानको पङ्खामा चरा छिरेपछि आकस्मिक अवतरण गरिएको छ ।
विमानको पङ्खामा चरा छिरेको थाहा पाएपछि पाइलटले विमान पुनः मन्थली एयरपोर्टमै सकुशल अवतरण गरेका जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी सन्तोष भट्टराईले बताए ।
डीएसपी भट्टराईका अनुसार सीता एयरको ‘९ एन–आई–इ’ विमानको पङ्खामा चरा छिरेको हो ।
विमानमा १३ जना यात्रु र चालक दलका तीनजना सदस्य रहेको डीएसपी भट्टराईले रातोपाटीलाई जानकारी दिए ।
विमान आकस्मिक अवतरण गरेसँगै ठूलो दुर्घटना टरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण