चिनियाँ राष्ट्रपति सी फर्किएलगत्तै काठमाडौंको सडकमा जे देखियो (फोटोफिचर)
काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिन पिङ काठमाडौं अवतरण गर्नुअघि उपत्यकाका अधिकांश स्थानमा चिटिक्क पारियो । सडकका वरिपरि फूलका गमला राख्नेदेखि चोक चोकमा दुवै देशका राष्ट्रपतिको फोटोअंकित होर्डिङ बोर्ड राखेर काठमाडौंलाई चिटिक्क पारियो । करिब २२ घण्टा काठमाडौंमा बिताएर सी जब बेइइजिङ उडे, त्यसलगत्तै सडक वरिपरि राखिएका फूलहरु ओइल्याउन थाले ।

गमलाहरु फुट्न थाले । विदेशी पाहुनालाई स्वागत गर्न मात्र सिंगारिएको काठमाडौं करिब २ दिन त सुन्दर देखियो तर अहिले फेरि फिक्का देखिन थालेको छ । वातावरण र सुन्दरताका दृष्टिकोणले होर्डिङ बोर्डहरु निकाल्नु स्वभाविक भएपनि सडक किनारामा सजाइएका फूलहरुलाई जोगाएर राखे काठमाडौंको सुन्दरतामा थप निखार आउन सक्थ्यो तर त्यसतर्फ काठमाडौं महानगर लगायत अन्य सम्बन्धित निकायको ध्यान गएको देखिएन ।
माईतिघरमा राखिएका फूलका गमलाहरु भने सम्बन्धित निकायले उठाएर लगेको छ भने तिनकुनेमा बनाईएको पार्कमा भने सशस्त्र प्रहरीले सुरक्षा प्रदान गरेको छ । बाटोमा राखिएका होर्डिङ बोर्ड र त्यसमा राखिएका फोटोहरु आइतबार रातीनै झिकिएको छ ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण