कमला नदी किनारमा सकेट बम भेटियो
सिरहा– सिरहा र धनुषा छुट्याउने कमला नदी किनारमा सकेट बम भेटिएको छ । उक्त सकेट बम नेपाली सेनाले डिस्पोज गरेको छ । सिरहा करजन्हा नगरपालिका–३ कमला नदीमा बगरमा बालुवाले पुरिएको अवस्थामा आज (सोमबार) बिहान बम भेटिएको बम सिरहाको चोहर्वास्थित शेर गणबाट गएको बम डिसपोजल टोलीले डिस्पोज गरेको हो ।
नदी किनारमा बालुवा गिटी चाल्ने मजदुरले गिटी चाल्ने क्रममा बमजस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । बम प्लाष्टिकको बोरामा बेरेर राखिएको अवस्थामा फेला परेको जनाएको छ । खिया लागेको र पुरानो जस्तो भएकोले बम नदीमा बगेर आएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
उनले भने, ‘बम कुनै समूह वा व्यक्तिले नराखी बाढीमा बगेर आएको हुनसक्छ छ, बाँकी अनुसन्धान पनि भइरहेको छ ।’ तर, स्थानीयले भने त्यसक्षेत्रबाट क्रसर उद्योगहरुले अनधिकृत रुपमा बालुवागिटी निकासी गर्ने भएकाले त्यसको विरोधस्वरुप राखेको हुनसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण