शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चियापान कार्यक्रममा प्रचण्डले भने : नेपालको विकासका लागि त्रिदेशीय सम्बन्ध आवश्यक छ

बुधबार, २९ असोज २०७६, १४ : ३५
बुधबार, २९ असोज २०७६

पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको समृद्धिका लागि त्रिदेशीय सम्बन्ध आवश्यक रहेको बताएका छन् । 

नेकपाले बुधबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उनले नेपाल, भारत र चीनबीचको सुमधुर सम्बन्ध र आपसी सहयोगबाट नेपालले लाभ लिन सक्ने बताएका हुन् । 

उनले भारतको सहयोगमा अमलेखगञ्जमा पेटोलियम पाइपलाइन स्थापना भएको स्मरण गर्दै हालै चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणका क्रममा दिएको बचन ऐतिहासिक भएको बताए । उनले चिनियाँ राष्ट्रपतिले

नेपाललाई ल्यान्डलकबाट ल्याण्डलिंक मुलुक बनाउन दिएको बचन नेपाल र नेपालीका लागि महत्त्वपूर्ण रहेको बताए । उनले सीको नेपाल भ्रमणका धेरै आयाम रहेको बताउँदै दुई देशबिचको विश्वास र समझदारी ऐतिहासिक भएको बताए । 

उनले आफू प्रधानमन्त्री रहेका बेला भारत र चीन भ्रमणका क्रममा आफूले त्रिदेशीय सम्बन्धको बारेमा कुरा उठाएको बताउदै नेपालको हितका लागि यस्तो सम्बन्ध आवश्यक रहेको उल्लेख गरे । 

उनले राष्ट्रपति सी भारत भ्रमण हुँदै नेपालको राजकीय भ्रमणमा आउनु चीन र भारतबीच पनि सम्बन्ध राम्रो भएको बताउँदै यो नेपालको लागि महत्त्वपूर्ण रहेको बताए । 

उनले अहिले हासिल गरेको लोकतान्त्रिक गणतन्त्र ७० बर्षको संघर्षबाट प्राप्त भएको बताउँदै यसको हक कुनै नेता विशेष र दल विशेष नभई सबैको साझा सम्पतिको रुपमा रहेको भन्दै यसको रक्षाका लागि सबै दलहरु एकताबद्ध हुनुपर्ने बताए । 

उनले अब पार्टीको ध्यान समाजवादउन्मुख, आर्थिक समृद्धि हासिल गर्ने तर्फ र सुखी नेपाली समृद्ध नेपाल बनाउनेतर्फ रहेको उल्लेख गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप