जापानको आँधीमा मृत्यु हुनेको सङ्ख्या ७७ पुग्यो (अपडेट)
बिहीबार, ३० असोज २०७६, २२ : ५२
टोकियो-जापानमा आएको पछिल्लो आँधीका कारण मृत्यु हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
अधिकारीहरूले बिहीबार दिएको पछिल्लो विवरण अनुसार आँधीका कारण मृत्यु हुनेको संख्या बढेर ७७ पुगेको छ ।
केही दिन अगाडि आएको विनाशकारी आँधीका कारण जापानका ठूलो जनधनको क्षति भएको छ । यो आँधीलाई लामो समयको अन्तरालमा आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ ।
अधिकारीहरूका अनुसार बिहीबारसम्म पनि झण्डै ३३ हजार घरहरूमा बाढीको असर बाँकी नै रहेको छ । आँधीले एक हजार ७०० घर पूर्ण तथा आंशिकरूपमा क्षतिग्रस्त बनाएको छ ।
त्यसैगरी २३ हजार हेक्टर क्षेत्रफल जमिनमा आँधीले असर पारेको भूमि मन्त्रालयले जानकारी दिएको छ । -सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण