जनकपुरमा अन्तर्राष्ट्रिय व्यापारिक महोत्सव सुरु, १८ तस्बिरमा हेरौं
जनकपुर– प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको बृहत व्यापारिक मेला जनकपुर महोत्सव २०७६ आजदेखि विधिवतरुपमा आरम्भ भएको छ । आजदेखि सुरु भएको महोत्सवको उद्घाटन मुख्यमन्त्री लालबाबु राउतले गरेका हुन् ।
महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ मा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको व्यापार मेला हुनु गौरवको विषय भएको बताए । उनले भने– ‘देश विदेशबाट आउनुभएका व्यापारी तथा व्यवसायीलाई स्वागत गर्दै यस प्रदेशको व्यापारिक एवं व्यवसायिक अवलोकनसँगै व्यवसाय गर्न आग्रह गर्दछु ।’

सिया इभेन्ट एण्ड एशोसिएट प्रालिको आयोजनामा आजदेखि ५ दिनसम्म महोत्सवको अवलोकन गर्दै मुख्यमन्त्री राउतले स्थानीय व्यापारी तथा व्यवसायीहरुले विदेशी व्यापारीहरुसँग समन्वय र सहकार्य गरेमा व्यापारिक लगानीबारे नयाँ कुराहरु सिक्न सकिने दाबी गरे । महोत्सवमा नेपाल, भारत, पाकिस्तान, चीन र बंगलादेशका व्यवसायीहरुको सहभागिता रहेको छ ।
जनकपुरको तिरहुतिया गाछीमा आयोजना भएको यस महोत्सवको व्यापारिक मेलामा ७५ भन्दा बढी स्टल रहेको आयोजक दिलिपकुमार झाले जानकारी दिए । भारत, पाकिस्तान र बंगलादेशबाट आइपुगेका व्यापारी तथा व्यवासायीहरुले गारमेन्ट्स, छालाबाट उत्पादित सामाग्री, लुगा कपडाहरुको विभिन्न पोशाकहरुको भव्यरुपमा प्रदर्शनीमा राखिएको छ ।

महोत्सवमा १ लाखभन्दा बढी उपभोक्तालाई अवलोकन गराउने उद्देश्य रहेको सिया इभेन्टका प्रतिनिधि दिलिपकुमार झाले बताए । महोत्सवमा गारमेन्टस, छाला (लेदर) को उत्पादित सामाग्री, किचेन, वेयर, होम एप्लायन्स, अटो मोबाइल्स, हेल्थ फिटनेश, कन्स्ट्रक्सन र बैंक तथा वित्तिय संस्थाहरुको स्टल राखिएको छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण