जिरी स्वर्गको टुक्रा : मन्त्री भट्टराई
जिरी-संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दोलखाको जिरी ‘स्वर्गको टुक्रा’ भएको बताएका छन् । विजयादशमी र दिपावलीको अवसर पारेर युवा सञ्जाल जिरीले आजदेखि यहाँ आयोजना गरेको ‘स्ट्रिट फुड फेस्टिभल’ कार्यक्रममा मन्त्री भट्टराईले जिरीको पर्यटन विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । भट्टराईले भने, “आन्तरिक र बाह्य पर्यटकको आकर्षण केन्द्र जिरीमा अवरुद्ध हवाई सेवा सुचारु गर्न पहल गर्नेछु ।”
कार्यक्रममा पूर्वराज्यमन्त्री तथा नेकपाका जिल्ला इन्चार्ज देवी खड्का, जिल्ला समन्वय समितिका उपप्रमुख मनमाया जिरेल, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सामुदायिक रेडियो प्रचार सङ्घका कोषाध्यक्ष लक्ष्मण खडकालगायतले आफ्नो मन्तव्य दिएका थिए । ।
जिरीको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने पत्रकार अमृत भादगाउँले, मन्थली उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्याम थापा, निर्माण व्यवसायी नारायण प्रधान र जिरीका युवा पासाङ शेर्पालाई सो अवसरमा सम्मान गरिएको थियो । महोत्सव तीनदिनसम्म चल्ने युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्र ज्योति खडकाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण