अपडेट : नेपालबाट दिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना, दुई दर्जन यात्रु घाइते
बुटवलबाट भारतको नयाँ दिल्लीको सरौलीनगरका लागि छुटेको नमस्ते सुपा देउराली ट्राभल्स प्रालिको बस भारतको लखनऊमा दुर्घटना भएको छ ।
युपी १७ एटी ४७५५ नम्बरको भारतीय नम्बर प्लेटको बस बुटवलबाट शनिबार साँझ ५ बजे छुटेकोमा आइतबार बिहान भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउस्थित इकाना स्टेडियम नजिकै ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको हो ।
नमस्ते सुपा देउराली टुर एण्ड ट्राभल्स कम्पनी बुटवलका उपाध्यक्ष कृष्ण शर्माका अनुसार २ दर्जन यात्रु सामान्य घाइते भएका छन् । घाइतेको उपचार भारतकै अस्पतालमा गरिएको उपाध्यक्ष शर्माले बताए ।
गाडीभित्र नै टिकट काट्ने गरिएको कारण बसमा के कति यात्रु थिए भन्ने विषयमा नमस्ते सुपा देउराली ट्राभल्सले एकिन नभएको जनाएको छ ।
बसमा नविन थापा, टेकबहादुर, अनिता थापा, मुमादेवी थापा, चरण विष्ट, सुनिता विष्टलगायत नाम गरेका यात्रु घाइते भएका छन् । घाइते हुनेमा ६ महिनाको बालकसमेत रहेको जनाइएको छ । उनीहरु कसैको पनि नेपालको ठेगाना खुल्न सकेको छैन ।
बुटवल बेलहिया नाकाबाट ६३ जना यात्रु चढेका भएपनि विच विच बाटो बाट थप यात्रु चढेको हुन सक्ने अनुमान गरिएको छ । बसको क्षमता ८२ सिटको हो ।
बाँके जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीले दुर्घटनाको विषयमा विस्तृत विवरण अझै प्राप्त नभएको जनाउदै यस विषयमा खोजविन जारी रहेको रातोपाटीलाई बताए ।
बस सधै जसो बुटवलबाट छुट्ने गरेकोमा यो पटक भने नेपाल भारत सीमा नाका बेलहियाबाट यात्रुहरु लिएर पुनः नेपालगञ्जको रुपडीया नाका हुँदै भारत गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने, जसपाले दिने
-
मुख्यमन्त्रीको कार्यालयका उपसचिवविरुद्ध बलात्कार आरोपमा जाहेरी दर्ता
-
सुप्तुलुङ सौन्दर्य : फलाना नामको चेली आजदेखि हाम्रो सुप्तुलुङमा बस्छ है...
-
०८४ को निर्वाचनलाई उपयोग गरेर जाने हो : विप्लव
-
पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह
-
बत्तीसपुतली घटना : बाटोमा हिँड्दा ठोक्किएको निहुँमा हत्या