पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै महासङ्घको आपत्ति
काठमाडौं– नेपाल पत्रकार महासङ्घले महासङ्घका अछाम शाखा सहसचिव तथा कान्तिपुर दैनिकका संवाददाता मेनका ढुङ्गानालाई समाचारको विषयलाई लिएर अपशब्द प्रयोग गर्दै सार्वजनिकरूपमा गाली बेइज्जती गरेको घटनाप्रति आपत्ति जनाएको छ ।
स्थानीय दुई विद्यालयको भवन निर्माणका लागि चौरपाटी गाउँपालिकाले खोलेको बोलपत्रका कागजात च्यातिएको विषयमा उक्त पत्रिकामा समाचार प्रकाशित भएपछि कागजात च्यात्ने बम धामी भन्ने व्यक्तिले पत्रकार ढुङ्गानालाई सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गर्दै गालीबेइज्जती गरेका थिए ।
महासङ्घले जारी गरेको विज्ञप्तिमा प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो रहे कानूनी उपचारका अन्य विकल्प हुँदाहुँदै पत्रकारलाई सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गर्दै गालीबेइज्जती गर्नु निन्दनीय हुनाका साथै व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत आघात पुग्ने जनाएको छ । सो घटनाको निन्दा गर्दै त्यसमा संलग्न व्यक्तिमाथि कानूनी कारवाही गर्न र यस्ता कार्य नदोरिनेतर्फ ध्यान दिन महासङ्घले सम्बन्धित निकायसँग मागसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो
-
न्युजर्सीमा स्पेनले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)
-
विश्वकप जितेपछि टोरेसले भावुक हुँदै भने–‘अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन’
-
फाइनलपछि अर्जेन्टिनी खेलाडीको आक्रोश, स्पेनका खेलाडीसँग मैदानमै ‘झडप’
-
पाउ कुबार्सी बने विश्वकपकै उत्कृष्ट युवा खेलाडी
-
मैदानमा स्पेनको जादु, पर्दापछाडि ट्रम्प र इन्फान्टिनोको ‘दोस्ती’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण